back

मुलक निर्वाचनमा गइसक्यो : राज्यमन्त्री जवेगु

वि.सं.२०७३ पुस २७ बुधवार

804 

shares

 २७ पुुस,इलाम । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताउनुभएको छ ।

मङ्गलबार इलाम नगरपालिकाको २२औँ नगर परिषद्को उद्घाटन गर्नुहुँदै उहाँले संविधान संशोधन प्रस्तावसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताउनुभएको हो । संसद्मा पेस भएको संविधान संशोधन विधेयक पारित हुने बताउँदै उहाँले इलामको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गरेर अघि बढ्नुपर्ने समेत धारणा राख्नुभयो ।

“इलाम पर्यटकीय जिल्ला हो, आर्थिक विकाससँगै पर्यटन क्षेत्रको विकासलाई पनि अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । राज्यमन्त्री जवेगुले स्थानीय तहको चुनाव छिटो गराउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले २२ औं नगर परिषद्बाट पारित नीति, कार्यक्रम तथा आ.व. २०७४÷०७५ को लागि रु १५ करोड १६ लाख ५८ हजारको बजेट प्रस्तुत गर्नुभयो ।

यसैगरी, स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो र सांसद सुजाता परियारले समेत इलाम नगरपालिकाको समुन्नति तथा विकासका लागि अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

समारोहमा इलाम नगरपालिका कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीहरु प्रशासकीय अधिकृत रामकुमार शाह, खानेपानी चौकिदार लक्ष्मी खतिवडा, सामाजिक परिचालक संगीता बसेल, कुचिकार नरबहादुर कालिकोटेलाई नगद पुरस्कार जनही रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो ।

त्यसैगरी, सामाजिक क्षेत्रमा उत्कृष्ट अवालेगोलाइ अर्चले सडक मर्मत सुधार उपभोक्ता समिति, इलाम नगरपालिका वार्ड नं. ५ को वडा नागरिक मञ्च, बौद्धिक अपाङ्गता केन्द्र बरबोटेका नविना लिम्बु, डुककुमारी भटृराई, प्रविना लिम्बु र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।

सोही समारोहमा इलाम नगरपालिकाको दिगो फोहरमैला व्यवस्थापनसम्बन्धी इलाम नगरपालिका र अभियान नेपाल÷प्याग नेपाल÷हरितनगर महिला समूहबीच सम्झौतासमेत भएको छ ।

वि.सं.२०७३ पुस २७ बुधवार ०५:५३ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...