back
CTIZAN AD

मुलक निर्वाचनमा गइसक्यो : राज्यमन्त्री जवेगु

वि.सं.२०७३ पुस २७ बुधवार

1.1K 

shares

 २७ पुुस,इलाम । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताउनुभएको छ ।

मङ्गलबार इलाम नगरपालिकाको २२औँ नगर परिषद्को उद्घाटन गर्नुहुँदै उहाँले संविधान संशोधन प्रस्तावसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताउनुभएको हो । संसद्मा पेस भएको संविधान संशोधन विधेयक पारित हुने बताउँदै उहाँले इलामको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गरेर अघि बढ्नुपर्ने समेत धारणा राख्नुभयो ।

“इलाम पर्यटकीय जिल्ला हो, आर्थिक विकाससँगै पर्यटन क्षेत्रको विकासलाई पनि अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । राज्यमन्त्री जवेगुले स्थानीय तहको चुनाव छिटो गराउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले २२ औं नगर परिषद्बाट पारित नीति, कार्यक्रम तथा आ.व. २०७४÷०७५ को लागि रु १५ करोड १६ लाख ५८ हजारको बजेट प्रस्तुत गर्नुभयो ।

यसैगरी, स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो र सांसद सुजाता परियारले समेत इलाम नगरपालिकाको समुन्नति तथा विकासका लागि अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

समारोहमा इलाम नगरपालिका कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीहरु प्रशासकीय अधिकृत रामकुमार शाह, खानेपानी चौकिदार लक्ष्मी खतिवडा, सामाजिक परिचालक संगीता बसेल, कुचिकार नरबहादुर कालिकोटेलाई नगद पुरस्कार जनही रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो ।

त्यसैगरी, सामाजिक क्षेत्रमा उत्कृष्ट अवालेगोलाइ अर्चले सडक मर्मत सुधार उपभोक्ता समिति, इलाम नगरपालिका वार्ड नं. ५ को वडा नागरिक मञ्च, बौद्धिक अपाङ्गता केन्द्र बरबोटेका नविना लिम्बु, डुककुमारी भटृराई, प्रविना लिम्बु र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।

सोही समारोहमा इलाम नगरपालिकाको दिगो फोहरमैला व्यवस्थापनसम्बन्धी इलाम नगरपालिका र अभियान नेपाल÷प्याग नेपाल÷हरितनगर महिला समूहबीच सम्झौतासमेत भएको छ ।

वि.सं.२०७३ पुस २७ बुधवार ०५:५३ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...