back
CTIZAN AD

मानुङकोटमा खिचिएको शिल्पाको नयाँ गीत सार्वजनिक, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ मंसिर ४ बिहीवार

726 

shares

काठमाडौँ । दमौलीको मानुङ डाँडा आन्तरिक पर्यटनको पहिलो गन्तव्य बनेको छ । यही छायांकन भएको चलचित्र ‘आर्या’ को ‘हाम्रो धर्ती’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा मेलिना राइको स्वर, राम सिटौलाको संगीत र लक्ष्मण सिटौलाको शब्द छ । गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल फिचर छिन् ।

दिव्यराज सुवेदीको छायांकन र कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई प्रयोग गरिएको छ । झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र गौरवको प्रतिक मान्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो ।

उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पाका अलावा अनुप विक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशिल पोखरेललगायतका कलाकारको अभिनय छ । चलचित्रमा राम सिटौला र शशी बिक्रम थापाको संगीत, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ । सिनेमा हल खुलेपछि चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार १२:०० मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...