back
CTIZAN AD

चितवन घटनाले नेकपामा थप तनाब, यस्तो थियो आक्रमणको तयारी

वि.सं.२०७७ मंसिर ६ शनिवार

798 

shares

६ मंसिर, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि सुनियोजित हमलाको योजना रहेको नेकपा चितवनको एक स्रोतले बताएको छ ।

विकास निर्काणका कामको अनुगमन तथा राजनैतिक भेटघाटका क्रममा नेकपा राप्ति नगर कमिटी चितवनद्वारा आयोजित बैठकमा प्रमुख अतिथिको रुपमा भाग लिएका सरेन्द्र पाण्डे बोलिरहँदा भएको हुल्लडबाज सुनियोजित मात्र होइन आक्रमणको योजनामा रहेको बताइएको छ ।

नेकपा चितवनको एक स्रोतले बताए अनुसार नेता पाण्डेमाथि भौतिक आक्रमण गर्ने गरी नगर बाहिरबाट मानिसहरु बोलाइएको थियो, तर बैठकमा उपस्थित ठूलो संख्याका अगाडि भौतिक आक्रमणको योजना बिफल हुन गै कार्यक्रम भाँड्ने काम भएको हो ।

कार्यक्रममा अतिथि रहेकी नगरप्रमुख प्रभा बरालले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गर्दै मन्तव्य दिएकी थिइन् । उनी बोलेपछि जिल्ला सहइन्चार्ज इश्वरी भट्टराई र इन्चार्ज कृष्ण खनालले धारणा राखेका थिए भने प्रमुख अतिथि सुरेन्द्र पाण्डे बोल्दासाथ मंचबाट होहल्ला गर्दै कार्यक्रम बिथोलिएको थियो ।

भिडियोको दृश्य र हुल्लडबाजी गतिविधिको नारा जुलुसमा प्राप्त हुलिया अनुसार राप्ती नगर कमिटीको सो बैठकमा होहल्ला मच्याउनेमा युवा संघका जिल्ला स्तरीय नेता तथा खैरेनी नगरपालिका ८ का सदस्य सुरज थपलिया लगायतको १०/१२ जनाको टिम रहेको थियो ।

‘राप्तिको बैठकमा खैरेनीबाट आएको समूहलाई प्रवेश दिइनु सामान्य थिएन, त्यहाँ नेता पाण्डेमाथि आक्रमण नै गर्ने योजना स्वत देखिन्छ’, एक जिल्ला नेताले संसारन्यूजसँग भनेका छन् ।

यस सम्बन्धमा राप्ति नगरपालिकाकी मेयर तथा अतिथिवक्ता रहेकी प्रभा बरालले भनिन् ‘सुरज जी लगायतका साथी स्थानीय पार्टी कार्यकर्ताको हिसाबले त्यहाँ आउनु भएको होला, नेता पाण्डेमाथि आक्रमण गर्ने योजना हुँदै होइन, उहाँले बोलेका विषयमा आपत्ति प्रकट गर्दा तनाब उत्पन्न भएको सत्य हो ।

केन्द्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलिपक्षधर नेता कार्यकर्ताहरुले प्रचण्ड–माधव पक्षधरका नेताहरुको चरित्र हत्या तिब्र बनाइएको बेला यस्तो घटना संयोग नभएर सुनियोजित भएको सो पक्षको बुझाइ छ । घटनालाई लिएर ठूलो संख्याका नेता कार्याकर्ता देखि वरिष्ठ नेता माधवकुमार नेपालले समेत विरोध गरिसकेका छन् ।

माधव नेपालले भने- ‘सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कार्वाही गरिन्छ’

वि.सं.२०७७ मंसिर ६ शनिवार १८:२८ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...