back
CTIZAN AD

ओली–देउवा गोप्य भेट, महत्वपूर्णं मन्त्रालयसहित सहकार्य गर्न ओलीको प्रस्ताव

वि.सं.२०७७ मंसिर ७ आइतवार

1.2K 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेको बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग प्रस्ताव राखेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर यस्तो प्रस्ताव राखेका हुन् ।

कांग्रेस उच्च स्रोतका अनुसार शनिबार भएको भेटमा ओलीले सभापति देउवालाई महत्वपूर्णं केहि मन्त्रालयसहित सहकार्यको प्रस्ताव राखेका हुन् । संवैधानिक नियुक्तीका विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई शनिबार बालुवाटार बोलाएका थिए ।

करिब डेढ घण्टासम्म चलेको छलफलमा उनले आफुँ समस्यामा परेको भन्दै सहयोगको आग्रहसहित सत्ता साझेदारीको प्रस्ताव गरेका थिए । ‘उहाँ समस्यामा हुनुहुन्छ, बेला–बेला यी विषयमा छलफल हुन्छन्, शनिबार पनि धेरै कुरा भएका छन्’, कांग्रेसका एक नेताले भने, ‘उहाँले आफुँलाई सहयोग गर्न प्रस्ताव गर्नुभएको छ ।’

उनका अनुसार प्रधानमन्त्री ओलीले केहि महत्वपूर्णं मन्त्रालयको प्रस्ताव अघि सारेका छन् ।

स्रोतले जनाएअनुसार शनिबारको छलफलमा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतलाई साथै राखेका थिए भने देउवाले गोपालमान श्रेष्ठ र रमेश लेखकलाई साथै राखेका थिए ।

वि.सं.२०७७ मंसिर ७ आइतवार १६:११ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...