back
CTIZAN AD

नेप्सेमा नयाँ रकर्ड, कारोवार रकम ७ अर्ब नजिक

वि.सं.२०७७ मंसिर ७ आइतवार

810 

shares

७ मंसिर,काठमाडौं । साताको पहिलो दिन आईतवार सेयर कारोवार नेप्से ० दशमलव २६ प्रतिशतले बृद्धि भएर १७८२.८१ बिन्दुमा पुगेको छ । आज समग्र कारोवार ७ अर्ब नजिक पुगेको नेप्सेले बताएको छ ।

त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ ० दशमलव ५८ प्रतिशतले बृद्धि भएर ३४५.०७ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज तीन कम्पनी उपसूचक समुहको परिसूचक बाहेका सबै ९ वटा कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागेको छ । तिनिहरुमध्य सबैभन्दा बढि होटल समुहका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले २९.४४ अंकले कमाउएका छन् ।

आज कूल सूचिकृत मध्ये २०१ कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँ वरावरको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ६३ हजार ५७० पटक लेनदेन भएको छ ।

आजको कारोवारमा नविल बैंक लिमिटेडले सबैभन्दा बढि कमाएको छ । उसले मात्र (६०) अंकले कमाउदै ६.६३ प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा नेको इन्सुरेन्स लिमिटेड (४३), मिथिला लघुवित्त (३६) लगाएतका कम्पनीका लगानिकर्ताले कमाउँदा राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर सेयर(११४३), विशाल बजार कम्पनी लिमिटेड (९२२), सालट ट्रेडिङ कम्पोरेसन (४४१) लगायतका कम्पनीका लगातिकत्ताले गुमाएका छन् ।

आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ५७ करोड ९१ लाख १९ हजार २६८ रुपैयाँ वरावरको ५ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य ११३८ रहेको छ । त्यस्तै नेपाल लाईफ इन्सुरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन डिस्ट्रिलरि लिमिटेड दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।

कारोवार संख्याको आधारमा प्रभु बैंक लिमिटेड शिर्ष संथानमा रह्यो । त्यस्तै नविल बैंक लिमिटेड, शिद्धार्थ इक्यूटि फण्ड, नेसनल हाइड्रोपावर कम्पनी क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।

आज कुल सूचिकृत कम्पनी मध्ये ६२ कम्पनीका लगानिकर्ताले कमाएका छनभने ९८ कम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १२ कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७७ मंसिर ७ आइतवार १६:१२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...