back
CTIZAN AD

विना मास्क घुम्नेहरुबाट प्रहरीले गर्यो ७८ करोड जरिवाना असुल

वि.सं.२०७७ मंसिर ७ आइतवार

756 

shares

संसारभरी फैलिएको कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि विश्वका सबै देशले विभिन्न उपाय अपनाइरहेका छन् ।

कोरोनाको खोप उत्पादन गरिएको भए पनि त्यसको पूर्णरुपमा प्रयोग हुन नसकेको अवस्था र त्यसको परिणामको नतिजा नआइसकेको अवस्थामा सबैजसो देशले कोरोना रोकथामका लागि तीनवटा उपाय अवलम्बन गर्न जनतालाई आग्रह गरेका छन् । कोरोनाको सहि उपचार र औषधि नभइसकेको अवस्थामा पटक–पटक हात धुने, मास्क नलगाइ बाहिर ननिस्कने तथा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको हो ।

यी तीन उपाय नेपालमा पनि अवलम्बन गरिएको छ । तर, भारतको गुजरातमा भने सोझो अर्थमा भन्दा कोरोना महामारी राज्यका लागि कमाइको अवसर बनेको पनि देखिन्छ । कमाई भएको यस मानेमा कि, त्यहाँका प्रहरीले विना मास्क हिँड्नेबाट ७८ करोड भारतीय रुपैयाँ जरिवाना असुल गरेको समाचार छ ।

जुन १५ बाट विना मास्क हिँड्नेहरुका लागि कारबाही स्वरुप यस्तो अभियान चलाएको गुजरात प्रहरीले जरिवाना स्वरुप ६ महिनाको अवधिमा यतिधेरै रकम असुल गर्न सफल भएको हो ।

उक्त कारबाहीमा २६ लाख मानिसहरु परेका छन् । यो कमाई २०१८ मा गुजरातको केवडियामा स्थापना गरिएको स्टाचु अफ युनिटीको वर्षभरीको कमाई भन्दा बढी रहेको बताइएको छ । उक्त स्टाचुको अवलोकन गर्न आउने पर्यटकबाट राज्यले २०१९ मा ६३.५० करोड भारतीय रुपैयाँ आम्दानी गरिएको पनि बताइएको छ ।

गुजरात सरकार र प्रहरीको सचेतनाका वावजुद पनि मानिसहरु विना माक्स बाहिर निस्कने गरेको र हरेक मिनेटमा १२० जनालाई कारबाही गर्ने गरिएको बताइएको छ ।

सरकारी गाइडलाइन अनुसार कोरोना संक्रमण रोकथामका लागि सरकारले सस्तो मास्कको व्यवस्था गरेपनि उनीहरु २ रुपैयाँ पर्ने मास्क नलगाइ हिँड्ने तर १ हजार रुपैयाँ जरिवाना तिर्ने गरेका छन् ।

त्यस्तै प्रहरीले मास्क नलगाइ हिँडेनेहरुको कोरोना टेष्ट गराउने र यदि रिर्पोट नेगेटिभ आएमा १ हजार जरिवाना लिइने र पोजेटिभ देखिएमाअस्पताल पठाउने गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ मंसिर ७ आइतवार १६:२१ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...