back
CTIZAN AD

को-को छन त सन्दिप लामिछाने आवद्ध टिम होर्बाट हुरिकेन्समा ? र्हेनुहोस पुरा सूची

वि.सं.२०७७ मंसिर ७ आइतवार

645 

shares

७ मङ्सिर, काठमाडौँ । २०२० को बिग ब्यास लिगका लागि नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने होर्बाट हुरिकेन्समा अनुबन्धित भएका छन । यस अघि लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग ब्यास लिग खेलेका सन्दिपले यस सिजन होर्बाट हुरिकेन्सबाट खेल्न लागेका हनु । ।

सन्दिप लामिछाने आवद्ध टिम होर्बाट हुरिकेन्सको मुख्य प्रशिक्षक एडम ग्रिफिथ रहेका छन । अष्ट्रेलियन टेस्ट क्रिकेट टिमका कप्तान टिम पेनले २०२० को बिग ब्यास लिगमा होर्बाट हुरिकेन्सका लागि कप्तानी गर्ने छन । त्यसैगरि होर्बाटमा जेम्स फाल्कनर, डविड मलान, डा-आर्सी शर्ट, म्याथ्यू वेड जस्ता नाम चलेका खेलाडीहरु पनि रहेका छन । यस बर्षको बिग ब्यास लिग डिसेम्बर १० बाट सुरु हुने छ ।

२०२० को बिग ब्यास लिगका लागि यस प्रकारको रहेको छ होर्बाट हुरिकेन्सको पुरा टिम:
अष्ट्रेलियाका घरेलु खेलाडी : स्टक बोल्याण्ड, टिम डेविड, जैक डोरन, नेथन एलिस, जेम्स फाल्कनर, पीटर ह्यान्डर्सकम्ब, बेन म्याकडर्मेट, रिले मेरीडिथ, डेविड मुडी, मिचेल ओवेन, टिम पेन, विल पार्कर, डा आर्सी सट, म्याथ्यू वेड, निक विन्टर, म्याक राइट

विदेशी खेलाडी : डविड मलान, सन्दिप लामिछाने, किमो पल

वि.सं.२०७७ मंसिर ७ आइतवार १५:५६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...