back
CTIZAN AD

कोरोना उपचारः रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति

वि.सं.२०७७ मंसिर ८ सोमवार

756 

shares

८ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ ।

कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर अस्पतालमा भर्ना भइ नसकेका बिरामीमा यो उपचार विधि प्रयोग गर्न अनुमति दिइएको हो ।

औषधि निर्माता रिजेनेरोनले तयार पारेको रिजेन–कोभ २ नामको औषधिले कोभिड–१९ सँग सम्बन्धित अस्पताल भर्नालाई रोक्न वा न्यून गर्न निकै उपयोगी देखिएको छ । अन्य रोगका कारण समस्यामा परिरहेका बिरामीलाई पनि यो औषधि उपयोगी हुनेछ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) का आयुक्त स्टेफेन हानले रिजेन–कोभ२ औषधि सेवन गर्ने कोभिड–१९ बाट संक्रमित व्यक्तिले हत्तपत्त अस्पताल भर्ना वा अस्पताल गइहाल्नु नपर्ने देखिएको जानकारी दिए । उनले स्वास्थ्य सेवा प्रणालीमाथिको अतिरिक्त दबाब कम गर्न पनि यो औषधि निकै उपयोगी रहेको बताए ।

रिजेनेरोनका अध्यक्ष एवं प्रमुख कार्यकारी लियोनार्ड स्लाइफरले यो कदम कोभिड–१९ बिरुद्ध लड्न एउटा महत्वपूर्ण पक्ष रहेको बताए । कोभिड–१९ का कारण उच्च स्वास्थ्य जोखिममा रहने बिरामीले आफू संक्रमित हुनासाथ यो औषधिको सेवनबाट ठूलो लाभ लिन सक्ने पनि उनले बताए ।

एन्टीबडी थेरापी उपचारका लागि अनुमति प्राप्त गर्ने अमेरिकाको रिजेनेरोन दोस्रो कम्पनी हो । यसअघि अमेरिकी कम्पनी एली लिल्लीले गत नोभेम्बर ९ मा एन्डीबडी थेरापीका लागि अनुमति पाएको थियो ।

यस औषधिको प्रयोगबाट मानिसको रोगप्रतिरोधी क्षमता स्वाभाविक रुपमा बढ्छ । शरीरमा प्रतिरोधी क्षमता विकास गर्न प्राकृतिक विधिबाट कम मात्र सफलता प्राप्त भएपछि रिजेनेरोन र एली लिल्लीले प्रयोगशालाबाट एन्टीबडी थेरापी उत्पादन गरेका हुन् ।

उनीहरुले सार्स–कोभ–२ (कोभिड–१९) भाइरसको सतहको प्रोटिनलाई नियन्त्रित गरी यसलाई मानिसको शरीरभित्र प्रवेश गर्नबाट रोक्ने वैज्ञानिकहरुले बताएका छन् ।

कम्पनीले नोभेम्बरको अन्त्यसम्ममा ८० हजार बिरामीका लागि औषधि तयार गर्ने जनाएको छ । आगामी जनवरी २०२१ को अन्त्यसम्ममा करिब तीन लाख बिरामीले यो औषधि प्राप्त गर्न सक्नेछन् ।

यो औषधि हालका लागि अमेरिकामा मात्र उपलब्ध हुनेछ र सरकारी कार्यक्रम बमोजिम बिरामीले निःशुल्क प्राप्त गर्नेछन् । रिजेनेरोनले कोभिड–१९ को औषधि निर्माण गर्न ४५ करोड अमेरिकी डलर आर्थिक सहायता प्राप्त गरेको थियो ।

गत महिना पनि रिजेनेरोनले तयार पारेको इबोला भाइरस विरुद्धको एन्टीबडी औषधिलाई अमेरिकी नियामक निकाय एफडीएले प्रमाणपत्र दिएको थियो ।

वि.सं.२०७७ मंसिर ८ सोमवार ०९:२६ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...