८ मंसिर । बिश्व हिन्दु युवा संघका प्रवक्ता एवम् नेबि संघका नेता अनुराग शाहले सत्ता रहर नभएर आवस्यकताले प्राप्त हुने बताएका छन्।
सोमबार सामाजिक संजाल मार्फत उनले यस्तो बताएका हुन।
आइतबार प्रधानमन्त्री केपि शर्मा ओलि र कांग्रेस सभापति शेर बहादुर देउवा बिच बालुवाटारको भेटवार्तामा कांग्रेसलाई प्रधानमन्त्री ओलिले सरकारमा आउन अफर गरेको तथ्य बाहिरिएपछि ‘कांग्रेस सरकारमा जानु ठिक कि बेठीक’ भनेर चर्चा भैरहेको बेला प्रवक्ता शाहले यस्तो टिप्पणी गरेका हुन् ।
प्रवक्ता शाहले सामाजिक संजालमा लेखेका छन ‘हाम्रो पार्टी कांग्रेस सरकारमा जाने नजाने बारे टिकाटिप्पणी गर्नु बेकार छ किनकि सत्ता रहरले होइन आवश्यकताले प्राप्त हुने कुरा हो। निजि बिचार !’
सोमबारको बालुवाटार बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलिले काँग्रेस सभापति शेरबहादुर देउवाालाई ८ मन्त्रालयको प्रस्ताव गरेको खबर बाहिर आएसँगै सामाजिक सञ्जालहरु टिकाटिप्पणीले भरिएका छन् ।
वि.सं.२०७७ मंसिर ८ सोमवार १५:३३ मा प्रकाशित






























