८ मंसिर,काठमाडौं । साताको दोस्रो दिन सोमवार सेयर कारोवार नेप्से ओरालो लागेको छ । आईतवार ७ अर्ब नजिक पुगेको कारोवार रकम घटेर पौँने ५ अर्बमा झरेको छ ।
आज नेप्से परिसूचक २.३८ अंकले घटेर १७८०.४३ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि ०.१२ अंकले घटेर ३४४.९५ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज बैंकिङ, होटल, व्यापार र उत्पादनमूलक समुह बाहेकका सबै कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागेको छ । आज सबैभन्दा बढि यूनिलिभर नेपालका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले १०००.०० अंकले कमाएका छन् ।
आज कूल सूचिकृत मध्ये १९९ कम्पनीको ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँ वरावरको १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ४६ हजार २४० पटक लेनदेन भएको छ ।
आजको कारोवारमा युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा बढि कमाएको छ । उसले मात्र १००० अंकले कमाउदै ५.०८ प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा हिमालयन डिष्टिलरि लिमिटेड(२६९), महिला सहयात्रा माइक्रो फाइनान्स(४०), हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट(२५) क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।
आजको बजारमा कारोवार रकमको आधारमा नविल बैंक लिमिटेड शिर्ष स्थानमा रह्यो । उसको मात्र ३० करोड २२ लाख ७ हजार ६३ रुपैयाँ वरावरको ८ लाख ३१ हजार ५६५ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य ३६८ रहेको छ । त्यस्तैै नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरि लिमिटेड, नेपाल लाईफ इन्सुरेन्स र प्राईम कमर्सियल बैंक क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।
कारोवार संख्याको आधारमा नविल बैंक लिमिटेड शिर्ष संथानमा रह्यो । त्यस्तै शिद्धार्थ इम्यूटि फण्ड, ग्लोबल आइएमइ समुन्नत स्कीन १, प्राईम कमर्सियल बैेंड क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।
आज कुल सूचिकृत कम्पनी मध्ये ५२ कम्पनीका लगानिकर्ताले कमाएका छनभने १००अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै २१ कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ८ सोमवार १५:५० मा प्रकाशित


























