back
CTIZAN AD

तपाईको आज (मंगलबार) को राशिफल भन्छ, आज यी राशिकाले विशेष ध्यान दिनुहोला !

वि.सं.२०७७ मंसिर ९ मंगलवार

810 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । अपराह्नतिर बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ । परिस्थितिजन्य समस्याले अलि दुःख पाइनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । कर्मयोगले आम्दानी समेत बढाउनेछ । दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ । आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापार बढ्नेछ र अड्किएको रकम पनि उठ्नेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
चिताएको काम बिग्रनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् । सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही बढी समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउन सक्छ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि आफन्त टाढिनेछन् । सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ । परिवेश उल्लासमय रहे पनि बाध्यताले निरीह बनाउन सक्छ । प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च समेत गर्नुपर्ने हुन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा समेत विजयी भइनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । दिउँसोदेखि विभिन्न स्रोत(साधन प्राप्त हुनेछन् भने कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने छ । सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ । अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

२०७७ मंसिर ९ गते, मंगलवार (२४ नोभेम्बर २०२०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

वि.सं.२०७७ मंसिर ९ मंगलवार ०७:५६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...