back
CTIZAN AD

चीनका प्राथमिक तहका विद्यार्थीको गुणस्तरमा थप सुधार

वि.सं.२०७७ मंसिर ९ मंगलवार

765 

shares

 
९मङ्सिर ,बेइजिङ . चीन सरकारको सहयोगी नीतिका कारण चीनको हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गर्ने प्राथमिक तहमा विद्यार्थीले पछिल्ला केही वर्षहरूमा थप गुणस्तरीय शिक्षा आर्जन गर्न पाएका छन् ।

स्थानीय सरकारमार्फत् हिमाली क्षेत्रका विद्यार्थीलाई विद्यालयमा नै तयार गरी खाना खुवाउने कार्यक्रम निकै लोकप्रिय बनेको र यसका कारण चिसोका कारण हुने स्वास्थ्य समस्यामा कमी आएको जियाङ्सी प्रान्तको हुवाङनी गाउमा रहेको एक विद्यालयका प्रिन्सिपल झाङ झाङलियाङले बताए ।

आफ्नो विद्यालय हिमाली क्षेत्रमा रहेका कारण कठिनले २० जना विद्यालयमा आउने गरेको तर उनीहरूका लागि स्थानीय सरकारले आकर्षक योजना ल्याइदिँदा विद्यालयको गुणस्तरमा पनि सुधार भएको उनले बताए।

हिमाली क्षेत्रमा सञ्चालनमा रहेका वा खोलिने प्राथमिक विद्यालयले विद्यालय परिसरमा एउटा ३८ वर्गमिटरको भान्साकोठा निर्माणलाई प्रोत्साहन गरिएको र यसले टाढाबाट ल्याएको चिसो खाजा वा खाना खानुपर्ने बाध्यता दूर भएको उनको भनाइ छ ।

हुवाङनी गाउको स्थानीय सरकारले प्राथमिक शिक्षामा सुधार ल्याउनका लागि उक्त गाउमा ३० हजार अमेरिकी डलर बजेटको व्यवस्था गरेको स्मरण गर्दै यसले विद्याथी{{ तथा उनीहरूका अभिभावकलाई खुशी बनाएको झाङले बताए।

सरकारले स्थानअनुसार विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न फरक नीति लिनसक्ने र यसको निर्णय स्थानीय सरकारले नै गर्ने गरेको पनि उनले बताए।

थर्ड वाङछाङ प्राथमिक विद्यालयले गाउँमा इन्टर्नेट पुगेपछि दक्षिणपश्चिम यूनानको गाउमा रहेर बेइजिङमा सिकाइने कक्षालाई पढ्न पाएको त्यहाँका एक शिक्षकले बताए ।

जसअन्तर्गत गाउमा नै बसेर विद्यार्थीहरूले शहरमा हुने लोककला, नाच, कम्प्युटरशिक्षा लगायतका सीप आर्जन गर्न पाएका उनले बताए । चीनले पछिल्लो समय गरिबी निवारण तथा नागरिकको शैक्षिक गुणस्तरमा सहयोग गरेको सरकारको बुझाई छ ।

सन् २०१९ मा चीनमा प्रतिसय विद्यार्थीलाई ११ वटा कम्प्युटर उपलब्ध गराइएको र ग्रामिण क्षेत्रका ६८.७ प्रतिशत विद्यालयमा इन्टरनेटका पहुँच विस्तार भएको छ ।

विश्वमा कोभिड–१९ को महामारीको समय पनि सिनच्याङ युगुर स्वायत्त क्षेत्रको युकाब झिचि प्राथमिक विद्यालयमा हरेक दिन विद्यालयका कोठा र विद्यालय परिसरलाई सङ्क्रमणमुक्त गरी पढाइने गरेको छ । यसले विद्यार्थीलाई विद्यालयमा पठाउन अभिभावकलाई ढुक्क बनाएको छ ।

देशभरका विद्यालयहरूले राष्ट्रपति सी चिनपिङको शिक्षामा ग्रामिण नागरिकको पहुँचलाई बढाउने योजना अन्तर्गत फरक फरक स्थानमा फरक फरक योजना ल्याई कलिला बालबालिकालाई सर्वाङ्गिण विकासको अवसर प्रदान गर्ने कार्यक्रम अन्तर्गत आएका हुन् । यसले पिछडिएका क्षेत्रलाई पनि शहरी नागरिकसँग घुलमिल पार्न र शिक्षाको गुणस्तर सुधारमा टेवा पुगेको छ ।
रासस

वि.सं.२०७७ मंसिर ९ मंगलवार १२:४५ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...