back
CTIZAN AD

बोलपत्रको प्रतिस्पर्धामा जाने अवसरबाटै वञ्चित गरिएको उद्यमीको गुनासो

वि.सं.२०७७ मंसिर ९ मंगलवार

759 

shares

 

९ मङ्सिर , काठमाडौँ । अन्तःशुल्क स्टिकर छपाइका लागि नेपाली उद्यमीले बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्नेे माग गरेका छन् । अन्तःशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजश्व विभागले गतa अक्टोबर १४ मा बोलपत्र आह्वान गरेको थियो ।
सो अन्तर्राष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न नसक्ने सर्तहरु राखी आह्वान गरेको जनाउँदै उनीहरुले बोलपत्रको प्रतिस्पर्धामा जाने अवसरबाटै वञ्चित गरिएको गुनासो गरे ।

स्टिकर छपाइका लागि आवश्यक योग्यता क्षमता भएको स्वदेशीलाई वञ्चित गर्ने गरी बोलपत्रमा सर्त राखिएको र ती सर्तले आफूहरु प्रतिस्पर्धामै जानबाट वञ्चित भएको मिराज प्रिन्टिङ सोलुसनका निर्देशक मनोहरराज घिमिरेले बताए ।
उनले सर्वोच्च अदालतको आदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत उक्त बोलपत्र आह्वान गरिएको आरोप लगायो । सार्वजनिक खरिद ऐनमा समेत नेपाली उद्यमीहरुका लागि सकारात्मक विभेदको व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि त्यसलाई बेवास्ता गर्दै बोलपत्र आह्वान गरिएको निर्देशक घिमिरेको भनाइ छ ।

अन्तःशुल्क स्टिकर छपाइका लागि अन्य सामान्य छपाइजस्तो नभई सुरक्षण मुद्रण आवश्यक पर्छ । यस्तै, नेपाली उद्यमीले अन्तःशुल्क स्टिकर छाप्न सक्ने योग्यता पुष्टि गर्न मौका नदिई तथा विस्तृत अध्ययन अनुसन्धानबाट छाप्न नसक्ने कुराको पुष्टि नै नगरी पुनः विदेशीलाई ठेक्का दिने गरी बोलपत्र आह्वान गरिएको उनकोआरोप छ ।

अन्तःश’ल्क स्टिकर छाप्ने योग्यताको निर्धारण यन्त्रको उपलब्धता हो । स्वदेशी उद्यमीसँग त्यस्ता यन्त्र छन् । प्राविधिक दृष्टिकोणले अन्तःशुल्क स्टिकरभन्दा बढी जटिल प्रकृतिका वस्तुहरु स्वदेशमा नै छपाइ हुँदै आएकामा अन्तःश’ल्क स्टिकर छाप्न सक्दैनन् भन्ने तर्कको कुनै आधार नभएको व्यवसायीको भनाइ छ ।

मिराज प्रिन्टिङ सोलुसन आइएसओ १४२९८ २०१३ सर्टिफाइड कम्पनी भएको जनाइएको छ । स्वदेशभित्र हाल सेक्युरिटी प्रिन्टिङ प्रेस योग्य मिराज सहित एर्सल एरोल, सामा प्रिन्टिङ रहेका छन् । मिराजले अहिले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड छाप्दै आएको छ । करोडौँ लगानी र दक्ष जनशक्ति जोखिममा परेको निर्देशक घिमिरेले बताए। करीब १० वर्षअघि रु ४५ करोड लागतमा उनले मिराज प्रिन्टिङ सोलुसन सञ्चालनमा ल्याएको थियो । रासस

वि.सं.२०७७ मंसिर ९ मंगलवार १५:५१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...