back
CTIZAN AD

न्यायपालिकामाथिको टिप्पणीबाट प्रचण्ड ब्याक, ‘स्वतन्त्र न्यायपालिकामाथि कुनै आक्षेप लगाउन खोजिएको होइन्’

वि.सं.२०७७ मंसिर ९ मंगलवार

705 

shares

काठमाडौं । न्यायपालिकामाथिको टिप्पणीका कारण विवादमा आएका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो टिप्पणीको बचाउ गरेका छन् । उनले आफ्नो टिप्पणी न्यायपालिकामाथि वा न्यायपालिकाका प्रमुखमाथि नभई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायपालिकासम्बन्धी धारणा स्पष्ट हुन खोजेको बताएका छन् ।

मंगलबार प्रचण्डको सचिवालयले एक प्रेस नोट जारी गर्दै गत मंसिर ३ मा प्रस्तुत राजनीतिक प्रतिवेदनमा न्यायपालिका र न्यायपालिकाका प्रमुखसँग कुनै सम्बन्ध नरहेको बताएको हो ।

Image

‘यही मंसिर ३ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिकाका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ’, जारी प्रेस नोटमा भनिएको छ ।

के थियो राजनीतिक प्रतिवेदनमा न्यायलयमाथिको सन्दर्भ ?

गत मंसिर ३ मा बसेको नेकपा सचिवालय बैठकका पार्टी अध्यक्ष प्रचण्डले छलफलको लागि भन्दै १९ पन्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जहाँ उनले प्रधानमन्त्रीसमेत रहेका ओलीले न्यायपालिका र त्यसका प्रमुखलाई प्रभावमा राख्न खोजेको भन्ने टिप्पणी गरेका थिए ।

जहाँ प्रधानमन्त्री ओलीले न्यायपालिकाका प्रमुखलाई निवासमै बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्दाहरुबारे आफुँ अनुकुल फैसला गराउन लगाउने जस्ता कार्य गर्न खोजेको भन्ने टिप्पणी पनि छ ।

प्रचण्डका अनुसार ओलीले न्यायपालिकासहित राज्यका कतिपय अंगहरुलाई प्रधानमन्त्री कार्यालयको अधिनमा ल्याउन खोजेका छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १५:५८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...