
काठमाडौँ । सुमधुर आवाजका धनि गायक मनिष लामाको राष्ट्र प्रेमले भरिएको नयाँ राष्ट्रिय गीत ‘सम्झन्छु मेरी आमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको माध्यम बाट देशका युवापिडिहरुलाई जागरुक बनाउदै आफ्नो मातृभूमि प्रतिको कर्तब्यलाइ नबिर्सन र नेपालीहरु संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने संदेश गित मार्फत दिन खोजिएको छ ।
आफ्नो भेषभुषा, कला संस्कृतिलाइ जगेर्ना गर्दै आफ्नो देश नेपाल आमा प्रतिको माया देखाइएको उक्त गीतमा शब्द संगीत तथा स्वर मनिष लामाको रहेको छ भने गीतलाई बासुदेब श्रेष्ठले एरेन्ज गरेका हुन् ।
अर्जुन तिवारीले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ मनिष लामा आफैले निर्देशन गरेका छन् भने भिडियोमा मनिष लामा लगायत साथीहरुलाइ फिचर्ड गरिएको छ ।