शेर्पा संघ अमेरिकाको अध्यक्षमा आङ जाङ्बु शेर्पा निर्वाचित भएका छन् ।
नोभेम्बर २२ मा न्युर्योकमा सम्पन्न भएको संघको दोस्रो अधिबेशनले अध्यक्षमा शेर्पालाई निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै संघको अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा पासाङ दोजी शेर्पा, उपाध्यक्षमा श्यम्बु शेर्पा, महासचिवमा दोजिमा शेर्पा, सचिवमा पेम्बा गिर्मे शेर्पा, कोषाध्यक्षमा निलु शेर्पा, प्रवक्तामा डोल्मा शेर्पा र सदस्यहरुमा साङ्गे शेर्पा, सबिन शेर्पा, वाङगेल शेर्पा र डोल्मा शेर्पालाई लाई चयन गरेको छ ।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:१२ मा प्रकाशित






























