back
CTIZAN AD

भारतका बरिष्ठ नेता पटेलको कोरोना संक्रमणका कारण निधन

वि.सं.२०७७ मंसिर १० बुधवार

822 

shares

१० मंसिर, नयाँदिल्ली ।  भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ ।
उनलार्ई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् ।

उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधबार बिहान ३.३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिए । पार्टीका शिर्ष रणनितिकार समेत मानिने  ७१ बर्षिय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो ।

उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो । यही नोभेम्बर १५ देखि उनको अवस्था विग्रिदै गएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् “मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनु भएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्माको शान्तिका लागि कामना गर्दछु ।”

उनकोे निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन् । आफुहरुप्रति सहानुभूती प्रकट गर्नेहरु सवैलाई उहाँका छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोनाभाइरसका बारेमा हेल्चक्र्याई नगर्न पनि सवैलाई आग्रह गरेका छन् ।

स्वर्गिय पटेल गुजरातबाट अहिले पनि राज्य सभा सदस्य थिए । योसँगै उनी आठ पटक सांसद भएका थिए । ती मध्ये पाँच पटक राज्य सभामा र तीन पटक लोकसभामा निर्वाचित भएका थिए ।

भारतीय राष्ट्रिय काँग्रेसका उनी अहिले पनि कोषाध्यक्ष थिए । अहिले उनको तेस्रो कार्यकाल चलिरहेको थियो । पिटिआई

वि.सं.२०७७ मंसिर १० बुधवार २०:३७ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...