back
CTIZAN AD

नेतृ अष्टलक्ष्मीको प्रश्न : बलात्कारीलाई मृत्युदण्ड दिने समय आएन र ?

वि.सं.२०७७ मंसिर ११ बिहीवार

777 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले बलात्कारीलाई सजायँ गर्ने कानूनमा थप कडाई गर्नुपर्ने बेला आएको बताएकी छिन् । महिला हिंसाविरुद्व १६ दिने अभियान सुरु भएको सन्दर्भमा बोल्दै शाक्यले बलात्कारीलाई थप कडा सजायँ हुने कानून ल्याउनुपर्ने बताइन् ।

सामाजिक सञ्जालमार्फत अभियानकाबारे बोल्दै उनले मृत्युदण्ड दिने समय आएन र ? भन्ने प्रश्न राखेकी छिन् । ‘अब बलत्कारीलाई जेलसजाय मात्र होइन मृत्युदण्ड दिने समय आएन र ?’, शाक्यले भनेकी छिन्, ‘अब व्यापक बहस सुरु गरौं।’

बर्दिबासका जस्ता घटनालाई कति सहने भन्ने शाक्यको प्रश्न छ । उनले बलात्कारीलाई सजायँको नाममा जेल सम्मानपूर्वक राखिनु गलत भएको बताइन् ।

अहिले महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ। यसलाई नारामा मात्रै सिमित गर्नुहुँदैन। नेपालमा निरन्तर बढिरहेको…

Posted by Asta Laxmi Shakya on Wednesday, November 25, 2020

‘बलत्कारपछि हत्या गरिएका महिला र बालिका ले सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक र नागरिक हक कहिले सम्म गुमाउनु पर्ने हो ? पीडितको आफन्तले कहिलेसम्म अमानवीय पिडा सहनुपर्ने हो ?अनि बलात्कारीले सजायको नाममा जेलमा ठाडो शिर पारेर बाँचिरहने ? बर्दिबासमा भएको जस्तो अमानवीय र विभत्स अपराधलाई कति दिन हेरि बस्ने ?’, उनको प्रश्न छ ।

नेतृ शाक्यका अनुसार नेपालमा पछिल्लो समय निरन्तर बढिरहेको महिला तथा बालिका बलात्कारको घटनाले विश्वसामु नेपाल र नेपालीको शिर निहुरिएको छ । नेपालीलाई लज्जाबोध गर्नुपर्ने अवस्था छ ।

शाक्यका अनुसार अब महिला हिंसा विरुद्वको अभियान नाराको रुपमा मात्रै सिमित गरिनु हुँदैन् । ‘अहिले महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ, यसलाई नारामा मात्रै सिमित गर्नुहुँदैन’, शाक्यले भनेकी छिन्, ‘नेपालमा निरन्तर बढिरहेको महिला र बालिका बलात्कारको घटनाले विश्वसामु नेपाल र नेपालीको शिर निहुरिएको छ, कहिलेसम्म बलात्कारजस्तो जघन्य र अमानवीय घटनाले नेपालीहरुले विश्वसामु लज्जाबोध गर्नुपर्ने हो ?’

वि.सं.२०७७ मंसिर ११ बिहीवार ११:४७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...