
११ मङ्सिर, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट टिम विरुद्ध टि-२० र टेस्ट श्रृखला खेल्न न्यूजिल्याण्ड पुगेका पाकिस्तान क्रिकेट टिमका ६ खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन । न्यूजिल्याण्ड क्रिकेट र्बोडले कोरोना संक्रमित भएका खेलाडीहरुको नाम भने सार्वजनिका गरेको छैन ।
“न्यूजिल्याण्ड विरुद्धको श्रृखला खेल्न नेभेम्बर २४ मा न्यूजिल्याण्ड आईपुगेको पाकिस्तानका खेलाडी सहित ५३ जनाको कोरोना परिक्षण गरिएको थियो जसमा ६ जनाको रिर्पोट पेजेटिभ आएको छ भने बाँकीको रिर्पोट नेगेटिभ आएको छ ।” न्यूजिल्याण्ड क्रिकेट र्बोड
न्यूजिल्याण्ड क्रिकेट र्बोडले पाकिस्तानका ६ खेलाडीलाई क्राइस्टचर्चमा रहेको क्वारेन्टाइनमा बस्न निर्देश दिएको छ भने श्रृखलाका खेल सुरु हुनु अघि बाँकी खेलाडीहरु पनि १४ दिनको लागि आईसोलसनमा बसेका छन ।
पाकिस्तानले डिसेम्बर १८ बाट न्यूजिल्याण्ड विरुद्ध २ खेलको टि-२० र २ खेलको टेस्ट श्रृखला खेल्ने छ ।