back
CTIZAN AD

कास्कीमा तीन मोटरेवल पुल शिलान्यास

वि.सं.२०७७ मंसिर ११ बिहीवार

900 

shares

११ मङ्सिर, गण्डकी । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेवल पुल एकैसाथ शिलान्यास गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी –४ र ११ जोड्ने इदिखोलामाथिको पुल, वडा नं ११ र १० जोड्ने मकैखोला तथा वडा नं ९ र १० जोड्ने बार्दीखोलामाथिको मोटरेवल पुल शिलान्यास गरिएको हो ।

मुख्यमन्त्री गुरुङले बुधबार शिलान्यास गर्दै अब बन्ने पुल मध्यपहाडी क्षेत्रको समृद्धि र विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै निर्माणको गुणस्तरीयता कायम राखी निर्धारित समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्षको जागरुकता आवश्यक हुने बताए ।

ती पुलमध्ये इदीखोला र वार्दीखोलाका दुई पुल राष्ट्रिय गौरवको आयोजना पुष्पलाल ९ मध्यपहाडी लोकमार्गअन्तर्गत पर्छन् । करीब एक हजार ७०० किलोमिटर लम्बाइको लोकमार्गले मुलुकका छ प्रदेशलाई जोड्छ ।

पहाडी क्षेत्रको कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, जलविद्युत उत्पादनमा समेत ती पुल सहयोगी बन्ने छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा १५० भन्दा बढी मोटरेवल पुल निर्माण भइरहेको जनाइएको छ ।

“लोकमार्ग सामाजिक, सांस्कृतिक भावना जगाउँदै राष्ट्रिय एवं भौगोगिक एकतालाई समेत कायम गर्ने एउटा आधार बन्छ”, मुख्यमन्त्री गुरुङले भने, “यसको निर्माणमा स्थानीय बासिन्दासहित तीनै तहका सरकार कटिबद्ध भएर लाग्नुको विकल्प छैन ।”

भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यक्रमद्वारा एक वर्षभित्र निर्माण सम्पन्न गरिने पुलमध्ये वार्दीखोला मोटरेवल पुलको रु चार करोड ५२ लाख ७२ हजार ४५४, इदीखोला पुलको रु चार करोड ४२ लाख १७ हजार ६३ र मकैखोला मोटरेवल पुलको रु दुई करोड ३२ लाख ६९ हजार ३५२ को लागत अनुमान छ ।

सो अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समृद्धिको आधारका रूपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा स्थानीय बासिन्दाका साथै तीन तहका सरकारको सक्रियता औँल्याउँदै वीर पुर्खाको गौरवशाली योगदानलाई उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रमा पर्ने कोलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिनुपर्ने माग गरे ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विकासको मेरुदण्डका रूपमा रहेको सडक निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ग्रामीण क्षेत्रमा निर्माण गरिने सडक स्थानीय बासिन्दाको आयआर्जनसँग जोडिनुपर्ने बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी करिडोर मध्यपहाडी लोकमार्गमा परिणत भएको बताए ।

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले मादी गाउँपालिकालाई जोड्ने विभिन्न स्थानमा दुई पुल निर्माण सम्पन्न भएको र सात पुल निर्माणाधीन रहेको जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग कास्की, पर्वत र बागलुङ खण्ड आयोजना प्रमुख मेघराज मरासिनीले इदीखोला र वार्दीखोलामा निर्माण गरिने मोटरेवल पुल लोकमार्गको मापदण्डमा रहेको बताउँदै यस क्षेत्रअन्तर्गतको ७५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । सो क्षेत्रअन्तर्गतको रुदी–भैँसे खण्डको १६ किलोमिटर सडकखण्डको ठेक्का अन्तिम चारणमा पुगेको छ ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले मध्यपहाडी लोकमार्ग गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिने हुँदा मोटरेवल पुलले क्षेत्रको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरे ।

भौतिक पूर्वाधार मन्त्रालयका दिनेश घिमिरे, मादी–१० का वडाध्यक्ष कुलप्रसाद गुरुङलगायतले पुल निर्माणसँगै यस क्षेत्रको समग्र विकाससँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
रासस

वि.सं.२०७७ मंसिर ११ बिहीवार १२:०७ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...