back
CTIZAN AD

प्रवासीले जुटाए पदमार्ग बनाउन ६५ लाख

वि.सं.२०७७ मंसिर ११ बिहीवार

648 

shares

११ मंसिर, बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नं ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरे ।

उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको काम शुरु गरिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए । चार सय मिटर दूरीको पदमार्ग छ महिनाभित्र बनाइसक्ने लक्ष्य लिइएको छ । पदमार्ग निर्माणका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक जुटाएका छन् । सहयोग अभियानबाट हालसम्म रु ६५ लाख सङ्कलन भएको जनाइएको छ ।

जापानमा रहेका प्रेम कँडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियान चलिरहेको वडाध्यक्ष कँडेलले बताए । “जापान, युरोप, अमेरिकादेखि सबै देशमा रहेका बिहुँकोटे यो अभियानमा जोडेको छ”, उनले भने, “पदमार्गसँगै ऐतिहासिक बिहुँकोट संरक्षणको योजना पनि शुरु हुँदैछ ।”

हालसम्म सङ्कलित रकम पदमार्गमा मात्रै खर्च हुने देखिएकाले बिहुँकोट संरक्षण योजनाका लागि थप सहयोग जुटाउन आर्थिक सङ्कलन समिति क्रियाशील छ । दुवै योजनामा झण्डै रु डेढ करोड बजेट लाग्ने अनुमान छ । पदमार्गका लागि वडा नं ६ लेसमेत रु छ लाख ३४ हजार बजेट छुट्याएको छ ।

पदमार्ग बनाउँदा स्थानीय स्रोत र सीपको प्रयोग गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताए । उनका अनुसार पदमार्गमा ढुङ्गा, माटो नै बढी प्रयोग गरिने छ । पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउनुपर्ने स्थानीयवासी भरत सापकोटाले बताए । “ठाउँ–ठाउँमा विश्रामस्थल, रेलिङ बनाउनुपर्छ”, उनले भने ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ । पदमार्गबाट मनोरम हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिने छ । पुष्पलाल मध्यपहाडी लोकमार्गबाट रामकोट नजिकै रहेकाले मोटरमासमेत सजिलै पुग्न सकिन्छ । रामकोटलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन राज्यका निकायदेखि जनस्तरबाट लगानी र सहयोग जुटिरहेको छ । रामकोटलाई तीर्थस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

रामकोटमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा शिवरात्रि, अक्षयतृतीया र हरेक वर्ष जेठ ११ गते विशेष पूजाआजासहित मेला लाग्छ । मन्दिरमा भारतको नर्मदा नदीबाट ल्याइएको ५०० किलो बराबरको शिवलिङ्ग छ । मन्दिर परिसमा उत्खनन गर्दा फेला परेका बसाहा, करुवा, कलसलगायतका ऐतिहासिक वस्तु पनि सङ्ग्रह गरेर राखिएको छ ।

पदमार्ग शिलान्यास समारोहकैबीच आर्थिक सङ्कलन समितिले अनलाइनमार्फत आयोजना गरेको ‘एकल भजन नृत्य प्रतियोगिता’का विजयीलाई पुरस्कृतसमेत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने जैमिनी नगरपालिकाकी सुसन केसीले रु ५० हजार, द्वितीय हुने जैमिनीकै जेनिसा पुनले रु ३० हजार र तृतीय हुने काठेखोलाका राजेन्द्र कँडेलले रु २० हजार प्राप्त गरे।

यस्तै सान्तवना स्थान प्राप्त गर्ने काठेखोलाकै पुष्पा कँडेल र अनुराधा कँडेललाई रु १०÷१० हजारका दरले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा ५० जना सहभागी थिए । रासस

वि.सं.२०७७ मंसिर ११ बिहीवार १५:५७ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...