back
CTIZAN AD

अवसरवाद केहो र यसको पहिचान कसरी गर्ने ?

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

2.1K 

shares

कम्युनिष्ट आन्दोलनमा अवसरवाद निम्नपुँजीवादी अध्रैयतावाट जन्मने मनोरोग हो । वर्ग संघर्ष र अन्तरसंघर्षमा वर्ग पक्षधराको दृष्ट्रिवाट आफुँलाई स्पष्ट पार्न आनाकानी गर्नु अवसरवादको मुल विशेषता हो ।

अवसरवाद सधैं नै ‘एक्पोज’ हुन चाहँदैन । पार्टीभित्र चल्ने विचार केन्द्रित प्रवृत्तिगत संघर्ष सुसुप्तको बेला अवसरवाद मौन हुन्छ । पार्टीभित्रको प्रवृत्तीगत जब आमने सामने भएर टक्राउन थाल्छ त्योबेला अवसरवाद बीचबीचमा चपाएर बोल्ने ढुलमुल चरित्रमा हुन्छ । यस्तो चरित्रलाइ नेपाली ठेट भाषामा ‘पिपल पाते’, ‘जता मल्कु उतै ढल्कु’र ‘बेसारे प्रवृत्ति’ पनि भनिन्छ ।

अवसरवादको विशेषता सहज, सुघम र अवसरको बेला दशहात उफ्रेर अगाडि सर्ने अवसरको उपयोग गर्ने तर, जब, संकट पैदा हुन्छ, पार्टी, आन्दोलन अफ्ठेरोमा पर्न थाल्छ त्यति बेला पछाडी हट्ने हुन्छ ।

अवसरवादले म कतातिर सुरक्षित रहनसक्छु आत्म केन्द्रित हिसाब गर्दै, ढुलमुलाई रहेको हुन्छ । अवसरवादी होईन भन्ने कुराको छिनोफानो विचार संघर्ष र वर्ग संघर्षमा उसको पक्षधरता कता रहन्छ भन्ने कुराले निर्धारण गर्दछ । माक्रर्सवाद र पुँजीवादका बीचमा आजको विचार, चिन्तन, प्रवृत्ति र कार्य शैलीको संघर्षमा विचार आन्दोलन प्रधान बनाएर असत्यका विरुद्व सत्यको पक्षमा स्पष्ट उत्रेरमात्र सहि नेतृत्व रहन सम्भव हुन्छ ।

क्रान्तिकारी संकटको सामना गर्दै विचार, पार्टी र आन्दोलनको रक्षा गर्ने साहस र जोखिममा उठाएर आफुँलाई स्पष्ट पार्ने नेताहरूमानै जनताको विश्वास र भरोसा बढ्छ । जनताको त्यो, आस्था, विश्वास र भरोसाको पिरामिडमा खडा हुन सक्ने नेतृत्वले मात्रै देश, जनता, पार्टी, आन्दोलनको रक्षा, सेवा र विकास गर्दै अगाडि बढन सक्छ ।

हरेक कम्युनिष्टहरूको परीक्षण संकटको बेलामात्रै स्पष्ट हुन्छ । अवसरवादको विशेषता सहज, सुघम र अवसरको बेला दशहात उफ्रेर अगाडि सर्ने अवसरको उपयोग गर्ने तर, जब, संकट पैदा हुन्छ, पार्टी, आन्दोलन अफ्ठेरोमा पर्न थाल्छ त्यति बेला पछाडी हट्ने हुन्छ ।

(लेखक अधिकारी जनयुद्धका योद्धा हुन्)

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १३:१२ मा प्रकाशित

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...