back
CTIZAN AD

पाँच सयको सामान ल्याउँदा अढाइ लाख जरिवाना

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

564 

shares

१२ मंसिर, वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो ।

वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे टे«ड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले रु ५०० मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा सो कम्पनीले रु दुई लाख ५१ हजार जरिवाना तिर्नुपरेको छ । सो सप्लायर्स नीरजकुमार गुप्ताको नाउँमा दर्ता भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवको नेतृत्वमा गएको टोलीले सो फर्ममा छापामार्दा उक्त मूल्य बराबरको भारतको बैंग्लोरमा रहेका निल पर्फुमरी वर्कसमा निर्मित केवडा, चम्पा र रजनीगन्धा नाम गरेको अगरबतीको खाली खोल बरामद गरेको थियो ।

स्थानीय केही अगरबत्ती बनाउने कम्पनीले भारतमा निर्मित चर्चित अगरबत्तीको खाली खोल ल्याएर त्यसभित्र स्थानीयस्तरमा उत्पादित अगरबत्ती प्याकिङ गरी बिक्री वितरण गरिहरेको सूचनाको आधारमा सो फर्ममा छापामारी मार्दा अगरबत्तीको खाली खोल भेटिएकाले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलीप खंग खत्वेले राससलाई बताए।

अनुगमन टोलीले उक्त फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम उपभोक्तालाई ढाटेर, झुक्याएर बिक्री गरेको कसुरमा सोही ऐनको दफा ३९ को खण्ड (घ) बमोजिम २ लाख ५१ हजार जरिवाना गरिएको बताइएको छ ।

टोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षण पुष्कर भण्डारीको सहभागिता थियो ।

यस सम्बन्धमा थप जानकारीका लागि फर्मका प्रोप्राइटर नीरजकुमार गुप्तासँग सम्पर्क गर्दा हामीसँग खरिद गरेको भ्याट बिललगायत आवश्यक सबै कागजात भए पनि पसल बाहिर रहेका कामदारसँग सो अगरबत्तीको खाली खोल समातेकाले यसमा हाम्रो संलग्नता नरहेको स्पष्ट पारे् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको घुमुवा प्रहरी टोलीले मीनाबजारको टांगा स्टेण्डमा रहेको राजकुमार प्रसादको गोदाममा प्रहरीले छापामारी तस्करी भई आएका करिब १६ बोरा प्याज नियन्त्रणमा लिएको छ । भारतले अन्य देशमा प्याज निकासीमा रोक लगाएपछि अहिले भारतीय बजार रक्सौलबाट क्यारियरमार्फत तस्करीका प्याज वीरगञ्ज बजारमा आउने गरेका छन् । रासस

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १३:३१ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...