
१२ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच सिड्नीमा चलिरहेको पहिलो एकदिवसीयमा अष्ट्रेलियाले भारतलाई ३७५ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको छ । अष्ट्रेलिया दुवै ओपनरले पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए । डेविड वार्नर ६९ रन बनाएर आउट भएका थिए भने कप्तान एरण फिंच ११४ रन बनाएर आउट भएका थिए ।
त्यसपछि ब्याटिङ्ग गर्न आएका स्टीवन स्मिथले पनि आफ्नो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट करियरको १० औँ सतक बनाएका थिए । उनी ६६ बल खेल्दैँ १०५ रन बनाएर आउट भएका थिए ।
खेलको ४० औँ ओभर पछि ब्याटिङ्ग गर्न आएको ग्लेन म्याक्सवेलले पनि १९ बलमा ४५ रनकाे विस्फोट पारी खेलेका थिए । भारतका लागि बलिङ्गमा भने मोहम्मद शमिले सर्वाधिक ३ विकेट लिन सफल भए ।
पहिलो एकदिवसीयमा जित हासिल गर्नको लागि भारतले ५० ओभरमा ३७५ रन बनाउनु पर्ने छ ।