
१३ मंसिर, काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना पुष्टि भएको छ । टिव्टरमार्फत उनले बुधबार कोरोना परीक्षण गर्दा आफूमा पोजेटिभ देखिएको उल्लेख गरेका छन् ।
शरीर दुख्ने लक्षण देखिएको भन्दै उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको समेत बताएका छन् । स्वास्थ्य ठिक भएसँगै पुनः खेलमैदानमा आउने बताउँदै उनले आफ्नो स्वास्थ्यलाभका लागि प्रार्थना गर्न सबैसँग आग्रह गरेका छन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका सन्दिप कोरोना पुष्टि भएसँगै आइसोलेसनमा बसेका छन् ।
Hi Everyone, Greetings to all.
Its my sincere duty to tell you all that I have been tested positive for COVID-19. I had some body aches since Wednesday. But my health is improving a little bit now. If all goes well, I will return to the field again. Keep me in your prayers.?— Sandeep Lamichhane (@Sandeep25) November 27, 2020