back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ५४८ सहित देशैभरी १२५५ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर १४ आइतवार

762 

shares

१४ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ५४८ जनासहित देशैभरी १२५५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा३, पाँचथरमा २, संखुवासभामा ७, मोरङमा ७३, सोलुखुम्बुमा ७ र सुनसरीमा २० गरी प्रदेशमा १८१ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २, पर्सामा ११, बारामा ९, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा ७, सर्लाहीमा २ र सिराहामा ३ जना गरी प्रदेशमा आज ४० जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४२२, काभ्रेपलान्चोकमा २१, चितवनमा २६, दोलखामा ७, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ६५, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज ६२३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २६, तनहुँमा १६, नवलपरासीपूर्वमा २१, पर्वतमा ३, म्याग्दीमा १, लमजुमा ४ र स्याङजामा १० जना गरी प्रदेशमा आज १६४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १५, दाङमा ४, नवलपरासीमा २, पाल्पामा १२, प्युठानमा ३, बर्दियामा ७, बाँकेमा १७ र रुपन्देहीमा ३५ जना गरी प्रदेशमा आज जम्मा ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कन्चनपुरमा १५,कैलालीमा ९८, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा १, बझाङमा ७ र बैतडीमा १५ जना गरी प्रदेशमा आज १४८ जना थपिएसँगै देशैभरी १२५५ जना संक्रमति थपिएका हुन् । जसमा महिला ५११ र पुरुष ७४४ जना रहेका छन् ।
त्यसैगरी आज कर्णाली प्रदेशमा शून्य संक्रमित रहेका छन् ।

आज थपिएका १२५५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

आज देशैभरी १३८० जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ६४५ जना

वि.सं.२०७७ मंसिर १४ आइतवार १७:०० मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...