१५ मंसिर, काठमाडौं । सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड योजना ल्याएको छ ।बैंकले ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना ल्याएको हो।
बैंकको यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुनेछ । अनलाइन आवेदन बैंकको वेबसाइटमा रहेको बैंकले जनाएको छ ।
यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउन सक्नेछन् ।
वि.सं.२०७७ मंसिर १५ सोमवार ११:१६ मा प्रकाशित





























