back

पोखरामा खुल्यो भेन्टिलेटर बैंक

वि.सं.२०७७ मंसिर १५ सोमवार

135 

shares
NTC AD
Global IME AD

१५ मंसिर, काठमाडौं । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए ।

पालिखेले गम्भीर प्रकृतिका कुनै पनि बिरामी मर्न नपरोस् भनेर आफुहरुले भेन्टिलेटर जुटाउने अभियानमा लागेको बताए । “हामीले अहिले १० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउने लक्ष्य छ, हामीले २० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउन सक्ने छौ”, पालिखेले भने ।

उनका अनुसार पोखरामा ती साधन ‘स्टक’ राख्ने र जुन अस्पतालका बिरामीलाई आवश्यक पर्छ न्यूनतम शुल्कमा उपलब्ध गराइनेछ । सोको लागि सरकारीमा दैनिक भेन्टिलेटर प्रयोग गरेवापत एक हजार, सामुदायिकमा दुई हजार र निजी अस्पतालमा प्रयोग गरेवापत तीन हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसैगरी सरकारी अस्पातालमा दैनिक क्यानुला प्रयोग गरेवापत तीन सय, सामुदायिकमा पाँच सय र निजीमा सात सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसका लागि तालीम प्राप्त स्वास्थ्यकर्मी आवश्यक हुनेभएकाले आगामी शनिबार पोखरामा तालीम गर्न लागिएको सर्भिसका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

संस्थाको उक्त अभियानको लागि पोखराका विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उक्त अभियानमा पोखराका युवा व्यवसायी सुिनल गोशलीले एक लाख, नेपाल युवा उद्यमी मञ्चले दुई लाख, संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले एक लाख, होटल बाराहीका सञ्चालक विप्लव पौडेलले एक लाख र रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले क्लबबाट एक लाख दिने घोषणा गरेका छन् ।

डा सरोज पोख्रेलले हाईफ्लो नोजल क्यानुलाको प्रयोगले भेन्टिलेटरमा लैजान नपर्ने अवस्थामा यसको प्रयोग निकै प्रभावकारी हुने भएकोले भेन्टिलेटर भन्दा पहिला यसको प्रयोग गर्दा कोरोनाका गम्भीर प्रकारका बिरामीलाई लाभ हुने बताए । रोटरीका गभर्नर किरणलाल श्रेष्ठले क्लबको पहलमा भेन्टिलेटरसहितको अन्य सामान खरिदमा ५० प्रतिशत छुट गराउने प्रतिबद्धता व्यक्त गरे् । ‘प्रोटेवल भेन्टिलेटर’ ६ लाखमा भित्र्याउन सकिने र मा गरेको दुई महिनासम्ममा भेन्टिलेटर पोखरामा ल्याउन सकिने उनको भनाइ थियो । रासस

वि.सं.२०७७ मंसिर १५ सोमवार १४:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

दमौली (तनहुँ) । समुद्र सतहबाट दुई हजार एक सय ३४...