back
CTIZAN AD

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजममाथि एक महिलाले लगाइन् गम्भीर आरोप (भिडियो सहित)

वि.सं.२०७७ मंसिर १५ सोमवार

711 

shares

१५ मङ्सिर । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजममाथि एक महिलाले गम्भीर आरोप लागएकी छन् । बाबर आजमले विवाह गर्ने वचन दिदैँ उनीमाथी १० वर्षसम्म शोषण गरेको उनले बताएकी छन् । ती महिलाले पत्रकार सम्मेलन गरि लगाइएको उक्त आरोप पाकिस्ताको न्युज च्यानल २४ मा देखाइएको थियो ।

“बाबर आजम र म स्कुल देखिको साथि थियौँ । आजमले मलाई २०१० मा घरमै आएर प्रपोज गरेका थिए र मैल स्वीकार गरे । समय बित्दैँ गएपछि हामिले विवाहको बारेमा सोच्यौँ । तर बाबर र मेरो परिवारले हाम्रो विवाह गर्ने प्रस्तावलाई अस्विकार गरे ।’ ती महिलाले भनेकी छन्, “२०११ मा बाबरले मलाई र्कोटमा गएर विवाह गर्ने भनेर घरबाट भगाएर भाडाको घरमा लगेर राखे । त्यसक्रममा मैल बाबरलाई विवाह गरौँ भनेर धेरै पटक भने तर उनले हाम्रो अवस्था राम्रो नभएकाले विवाह गर्न अस्वीकार गरिरहें । समय बित्दैँ गयो । बाबर आजम २०१४ मा पाकिस्तान क्रिकेट टिममा परे । त्यसक्रममा मैले उनलाई आर्थिक सहयोग समेत गरेकी थिए ।’

“२०१६ मा मैले बाबर आजमलाई आफू गर्भवती भएको कुरा बताए । गर्भवती भएको कुरा सुनेपछि उनको व्यवहार बदलियो । त्यसपछि उनले मलाई शारीरिक शोषण समेत गरे ।’

बाबरले आफ्ना साथिको सहयोगमा आफ्नो गर्भपतन समेत गराइदिएको उनले आरोप लगाएकी छन् ।

“२०१७ मा मैले बाबरविरुद्ध पुलिस रिर्पोट गरे । त्यसपछि बाबरले मलाई ज्यान मार्ने धम्की समेत दिएका थिए ।’ उनले भनिन् ।

ती महिलाले लगाएको आरोपमा अहिलेसम्म बाबर आजम र पाकिस्तान क्रिकेट र्बोडले केही बोलेको छैन । हाल बाबर आजम न्यूजिल्याण्डमा रहेका छन् । बाबर आजमको कप्तानीमा पाकिस्तान क्रिकेट टिमले न्युजिल्याण्ड क्रिकेट टिमविरुद्ध ३ खेलको टि-२० र २ खेलेको टेस्ट श्रृखला खेल्ने छ । एजेन्सीको सहयोगमा

हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ मंसिर १५ सोमवार १५:४३ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...