back
CTIZAN AD

हत्या गरिएको अवस्थामा पाँच दिनपछि शव फेला

वि.सं.२०७७ मंसिर १५ सोमवार

687 

shares

१५ मंसिर, काठमाडौं । पाँच दिनदेखि बेपत्ता १७ वर्षीय सुजन चौधरीको शव फेला परेको छ । सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको हो ।

घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो । नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मङ्सिर १० गते साथीको घरमा जान भनि हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मङ्सिर ११ गते उनका परिवारले जाहेरी दिइएको थियो ।

उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुन सक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए । घटनामा संलग्न रहेको आशङ्कामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:०८ मा प्रकाशित

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...