back
CTIZAN AD

मन्त्री अर्यालद्वारा एकैदिनमा तिनवटा अस्पतालको शिलान्यास

वि.सं.२०७७ मंसिर १५ सोमवार

726 

shares

 स्याङ्जा – भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुँने भन्दै आवश्यकताका आधारमा विकास हुने बताईन । सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन। मन्त्री अर्यालले भनिन, ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन् । जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ ।’
वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उनले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताइन्  । विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उहाँको भनाई थियो । ‘सरकार तिव्र विकासको गतिमा हिँडेका छ । यो हामीले मात्र भनेका हौईनौँ यो त अन्तराष्ट्रिय मुल्याङकनले नै भनेको छ’, उनले भनिन।
आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताइन । उनले भनिन, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलन्यास भएको छ । स्वास्थ्य क्षेत्रमा यति ठुलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ती हो । स्वास्थ्य क्षेत्रमा क्रान्ती ल्याउने सुरुवातको सरकारले उद्घोष गरेको छ ।’ भौतिक संरचनासंगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने भन्दै उनले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने बताईन ।
जनप्रनिधि जनताको सेवक भएको बताउदै उनले सासंद, मेयर, वडा अध्यक्ष लगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाएको बताइन। सबै जनप्रतिनिधिलाई जनताले पद दिएको भन्दै उनले यो जनताले दिएको जिम्मेवारी भएको बताइन। ‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो । हामी जनप्रतिनिधि ठुला मान्छे होईनौँ, पद त जिम्मेवारी हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘जनता हामी देखि डराउने, कुरा गर्न नसक्ने हुनुहुँदैन् । हामी त जनताको सेवक हौँ । उहाँहरुको सेवा गर्न उहाँहरु ले नै हामीलाई यो पदमा पठाउनुभएको हो । यो स्थानमा पठाउनुभएको हो ।’

वि.सं.२०७७ मंसिर १५ सोमवार १५:४८ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...