back
CTIZAN AD

खोकनालाई असर नपर्ने गरी द्रुतमार्ग बन्ने

वि.सं.२०७७ मंसिर १५ सोमवार

714 

shares

१५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त सो मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपूर्ण पूर्णिमा नाच अवलोकन गर्न श्रीमती शाक्य र मन्त्री श्रेष्ठ खोकना पुगेका हुन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले भूकम्पले क्षतिग्रस्त मन्दिर र अन्य सम्पदा पुनःनिर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताए । उनले भने, “रुद्रायणी मन्दिर क्षतिग्रस्त भएको विषय अत्यन्तै चिन्ताजनक छ, सरकारले यहाँको सम्पदा पुनःनिर्माण गर्न सरोकार निकायलाई तत्काल निर्देशन दिनेछौँ ।” उनले सयौँ वर्ष पुरानो इतिहास बोकेको खोकनाको संस्कृति र परम्परा जोगाउन सरकारले सबै सहयोग गर्ने वचन पनि दिए ।

मन्त्री श्रेष्ठले खोकना र बुङ्मतीको सम्पदामा कुनै समस्या नपर्ने गरी काठमाडौँ तराई–मधेश दु्रतमार्ग निर्माण गरिने बताए । प्रधानमन्त्रीपत्नी शाक्यले रुद्रायणी मन्दिर पुनःनिर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताए। उनले खोकनालाई कुनै असर नपर्ने गरी द्रुतमार्ग निर्माण हुने आश्वासन पनि दिए ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भूकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनःनिर्माण गरिने बताउँदै सातौँ शताब्दीदेखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राखे । “यस क्षेत्रको तेल मिललाई बचाउनुपर्छ, इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामग्री प्रयोग गरी निर्माण गरेर संरक्षण गर्नुपर्छ ।” उनले सिमेन्ट प्रयोग गरेर भवन निर्माण गर्दा सम्पदा क्षेत्र संरक्षण हुन नसक्ने पनि स्पष्ट गरे ।

सो अवसरमा स्थानीयवासी नेपाल डङ्गोललगायत द्रुतमार्गपीडितले प्रधानमन्त्री र मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ललितपुुर महानगरपालिका –२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले पनि रुद्रायणीलगायत खोकनाका सम्पदा पुनःनिर्माण गर्न श्रीमती शाक्य र मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।

मन्दिर अवलोकन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारी, नेकपा पार्टी नेता एवं पूर्वसांसद सुशीला नेपाल, नेकपा जिल्ला अध्यक्ष हरिकृष्ण महर्जन, सचिव एवं प्रदेश सदस्य राजकाजी महर्जन, जीवन खड्का, ज्ञानेन्द्र शाक्य, पार्टी प्रचार प्रमुख स्वयम्भूराज डङ्गोललगायतको सहभागिता थियो ।

सो अवसरमा उनीहरुले देवता खलकको नाच पनि अवलोकन गर्नाका साथै देवताहरुको पूजा गरेका थिए ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १७:५१ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...