back
CTIZAN AD

च्याम्पियन्स लिग: म्याच डे पाँचका आठ खेल आज(हेर्नुहोस् कुनकुन टिम भिड्दै छन्, खेल तालिका सहित)

वि.सं.२०७७ मंसिर १६ मंगलवार

636 

shares

१६ मंसिर, काठमाडौं। च्याम्पियन्स लिगमा म्याच डे पाँच अन्तरगतका खेलहरु आज हुदै छन् । आज समुह ए, बि, सि र डी अन्तरगत रहेका टिमहरुको खेल हुँदै छन् ।

आज समुह ए को शिर्ष स्थानमा रहि दोस्रो चरणमा प्रवेश गरि सकेको जर्मन क्लब बायर्न म्युनिख दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग भिड्दै छ । सोहि समुहको पुच्छारमा रहेको अर्को जर्मन क्लब आरबि साल्जबर्ग रसियन क्लब लोकोमोटिव माँस्कोसँग भिडेदै छ ।

समुह बि अन्तरगत समुहको पुच्छारमा रहेको इन्टर मिलान अंक तालिकामा शिर्ष स्थानमा रहेको जर्मन क्लब बोरुसिया मोन्चेन ग्ल्याडव्याचसँग भिड्दै छ । मोन्चेन ग्ल्याडव्याचलाई दोस्रो चरण प्रवेशका लागि बरावरी मात्र पनि काफि हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिड शख्तर् डोनेट्स्कसँग भिड्दै छ । रियलले आजको खेलमा जित हात पारेमा दोस्रो चरण प्रवेश पाउने छ । रियलको चार खेल बाट ७ अंक रहेको छ ।

समुह सिको शिर्ष स्थानमा रहि दोस्रो चरणमा प्रवेश पाएको म्यान्चेस्टर सिटी पोर्चुगिज च्याम्पियन पोर्टोसँग भिड्दै छ । पोर्टोको लागि दोस्रो चरणमा प्रवेश पाउनको लागि बरावरी मात्र भए पनि पुग्ने छ । अंक बिहिन बन्दै सोहि समुहको पुच्छारमा रहेको ओलम्पिक डी मार्सिले ओलिंपिकाँससँग भिड्दै छ ।

समुह डि अन्तरगत रहेको साबिक च्याम्पियन्य लिग बिजेता लिभरपुल होल्याण्ड क्लब अजाक्ससँग भिड्दै छ । आजको खेलमा जित हात परेमा लिभरपुल दोस्रो चरणमा प्रवेश पाउने छ । यस अघिको खेलमा लिभरपुललाई पराजित गरेको इटालियन क्लब एटालान्टा समुहको पुच्छारमा रहेको मिजील्यान्डसँग भिड्दै छ ।

आजहुने खेल नेपाली समय अनुसार
समुह ए अन्गरगत
बायर्न म्युनिखका बिरुद्ध एट्लेटिको म्याड्रिड  १३:४५
आरबि साल्जबगका बिरुद्ध लोकोमोटिव माँस्का  ११ :४०

समुह बि अन्तरगत
इन्टर मिलानका बिरुद्ध बोरुसिया मोन्चेन ग्ल्याडव्याच  १३:४५
रियल म्याड्रिडका बिरुद्ध शख्तर् डोनेट्स्क  ११:४०

समुह सि अन्तरगत
म्यान्चेस्टर सिटीका बिरुद्ध पोर्टो  १३: ४५
ओलिंपिकाँसका बिरुद्ध मार्सिले  १३:४५

समुह डि अन्तरगत
लिभरपुलका बिरुद्ध अजाक्स  १३:४५
एटालान्टाका बिरुद्ध मिजील्यान्ड  १३: ४५

वि.सं.२०७७ मंसिर १६ मंगलवार ११:४२ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...