
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केक काटेर सुरुवात गरिएको छ । पार्टी महासचिव विष्णु पौडेलको जन्मदिनको उपलक्ष्यमा केक काटेर बैठक सुरु गरिएको हो ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै सचिवालयले सदस्यलाई महासचिवलाई केक खुवाएका थिए ।
महासचिव विष्णुप्रसाद पाैडेललाई जन्मदिनकाे अवसरमा आजकाे सचिवालय बैठककाे शुरूमै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”, उपप्रधानमन्त्री ईश्वर पाेखरेल र वरिष्ठ नेताहरूले केक काटेर खुवाई सफल जीवनकाे शुभकामना व्यक्त गर्नुभएको छ । pic.twitter.com/3PSEISllwM
— Surya Thapa (@ThapajiSurya) December 1, 2020
नेकपाभित्र चुलिँदो विवादका बीच सुरु बैठक महासचिव पौडेलको जन्मदिनको केकले केही रमाइलोपन बनाएको थियो । केक खुवाउने र खाने कार्यक्रमपछि बैठक सुरु गरिएको थियो ।
अर्थमन्त्रीसमेत रहेका पार्टी महासचिव विष्णु पौडेलको आज ६२ औं जन्मदिन हो ।