
१७ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो एकदिवसीयमा भारतले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य गरेको छ ।
अष्ट्रेलियाका लागि क्यामरोन ग्रिनले एकदिवसीयमा डेब्यू गर्न गईरहेका छन भने भारतका लागि पनि टि नटराजनले डेब्यु गर्न गईरहेका छन । त्यसैगरि भारतले मयंक अग्रवालको स्थानमा शुभमन गिललाई मौका दिएको छ ।त्यसैगरि युजवेन्द्र चाहलको स्थानमा कुलदिप यादव र मोहम्मद शमीको स्थानमा शादुर्ल ठाकुरलाई मौका दिएको छ ।
३ खेलको एकदिवसीय श्रृखलामा अष्ट्रेलियाले २-० अग्रता लिदैँ श्रृखला आफ्नो नाममा गरिसकेको छ । यदी आजको खेलमा पनि भारत पराजित भएमा अष्ट्रेलियले एकदिवसीय श्रृखलामा क्लिन स्विप गर्ने छ ।
दुवै टिमको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ ।
भारतको प्लेइङ्ग इलेवन:
शिखर धवन, शुभमन गिल, विराट कोहली, केएल राहुल, श्रेयर अय्यर, हार्दिक पांड्या, रविन्द्र जडेजा, शादुर्ल ठाकुर, जसप्रित बुमराह, टि नटराजन, कुलदिप यादव ।
अष्ट्रेलियाको प्लेइङ्ग इलेवन:
एरण फिंच, स्टीवन स्मिथ, मार्नस लबुशेन, ग्लेन म्याक्सवेल, मोइसीस हेनरिक्स, एलेक्स केएरी, क्रिस ग्रीन, एसटन एघार, शन एबट, जस हजलवुड, एडम जाम्पा ।