
१७ मङ्सिर, काठमाडौँ । इंल्याण्ड र साउथ अफ्रिका बिचको टि-२० श्रृखलामा इंल्याण्डले ३-० ले क्लिन स्विप गरेको छ ।
केप टाउनमा भएको इंल्याण्ड र साउथ अफ्रिका बिचको तेस्रो टि-२० मा पहिले टस जितेर ब्याटिङ्ग गरेको साउथ अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो ।
साउद अफ्रिकाका लागि ब्याटिङ्गमा रासी भ्यान डर डि डुसेनले सर्वाधिक ७२ रन बनाएका थिए । त्यसक्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने बेन स्टोक्सले सर्वाधिक २ विकेट लिएका थिए ।
साउथ अफ्रिकाले दिएको १९२ रनको लक्ष्य इंल्याण्डले १७.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि डविड मलानले सर्वाधिक ९९ रन बनाएका थिए । त्यसक्रममा उनले ११ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसैगरि जस बटलर पनि ६७ रन बनाएर नटआउट रहेका थिए ।
जितसँगै इंल्याण्डले साउथ अफ्रिका विरुद्धको टि-२० श्रृखलामा क्लिन स्विप गरेको छ ।