back
CTIZAN AD

चितवनमा बुटिक रिर्सोट ‘द फरेस्ट फ्रन्ट’ निर्माण हुँदै

वि.सं.२०७७ मंसिर १७ बुधवार

699 

shares

१७ मंसिर, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण विभिन्न क्षेत्रका व्यवसाय तथा व्यवसायीहरु धरापमा परिरहेको बेला पर्यटन व्यवसायमा संभावना खोज्दै चितवनमा ठूलो लगानीमा बुटिक रिर्सोट ‘द फरेस्ट फ्रन्ट’  निर्माण हुने भएको छ ।

केटीएम हस्पीटालिटी प्रा.लिले निर्माण गर्न लागेको उक्त रिर्सोटको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शिलान्यास गरेका हुन् ।

चितवनको रत्ननगर नगरपालिका वडा नं ५ बछ्यौलीमा साढे १२ कठ्ठा जग्गामा निर्माण हुन लागेको उक्त रिर्सोट २०२१ डिसेम्बरमा संचालनमा आउने गरी निर्माणको थालनी गरिएको रिर्सोटका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामेश्वर साहले संसारन्युजलाई जानकारी दिएका छन् ।

साहका अनुसार उक्त रिर्सोटमा पहिलो चरणमा ३४ कोठा संचालनमा ल्याइनेछ भने रिर्सोटमा अत्याधुनिक स्पा, स्वीमिङपुल, रेष्टुराँ, बार, कन्फ्रेन्स हल, मिटिङ रुम, बिजनेस सेन्टर, लाइभ म्युजिकसहितको सांस्कृतिक कार्यक्रम गर्न सकिने छ ।

कोरोनाको कहरमा पनि यति ठूलो लगानीमा रिर्सोट संचालन गर्न लाग्नु भएछ नि भन्ने संसारन्युजको प्रश्नमा साहले भने, ‘अहिलेको अवस्थामा सबै क्षेत्रमा गाह्रो छ तर, रेमिट्यान्समा धानिएको देशको अर्थतन्त्रलाई अन्य क्षेत्रबाट पनि योगदान हुनुपर्छ भन्ने सोचेर हामीले यो रिस्क लिएका हौं । यो क्षेत्रमा सम्भावना पनि भएकोले अहिले केही सानोबाट सुरु गरौं भनेर लागेका हौं ।’

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष तथा हालका सल्लाहकार समेत रहेका साहले पर्यटकका लागि काठमाडौंपछि सबैभन्दा नजिकको गन्तव्य भनेको चितवन र त्यसपछि पोखरा रहेको बताउछन् । पोखरामा पर्यटन क्षेत्रको विकास धेरै राम्रो भइसकेको हुनाले चितवनलाई नै रोजेको उनले बताए । साथै संसारबाट लोप हुँदै गइरहेको वन्यजन्तु सौराहामा रहेको तथा रमणिय क्षेत्र पनि धेरै रहेकाले चितवनमा पर्यटन क्षेत्रको विकासमा आफ्नो पनि केही योगदान हुने सक्ने भएकोले व्यवसायका लागि चितवननै आफ्नो रोजाइमा परेको साह बताउँछन् ।

‘सौराहामा हाइ क्वालिटीको रिर्सोटहरु छैन । केही छन् तर त्यतिले यहाँको पर्यटनको विकास तथा पर्यटकको सेवाको लागि प्रयाप्त नहुने भएकाले यहाँको पर्यटनको विकासको लागि अझै क्वालिटीयुक्त रिर्सोटहरु संचालन हुनुपर्छ भन्ने सोँचका साथ सुरु गरेका हौं ।’ साहले भने ।
१३ महिनामै संचालनमा ल्याइने उक्त रिर्सोटको संचालन लगत्तै ३० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् भने ५० देखि ६० जनाले अप्रत्यक्ष रोजगारी पाउने सम्भावना रहेको पनि साहले जानकारी दिएका छन् ।

 

वि.सं.२०७७ मंसिर १७ बुधवार १४:१३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...