back
CTIZAN AD

उदित नारायणका छोरा आदित्यले यो फिल्मकी हिरोइनसँग गरे विवाह

वि.सं.२०७७ मंसिर १७ बुधवार

921 

shares

काठमाडौँ । नेपाली तथा बलिउड गायक उदित नारायण झा का छोरा टेलिभिजन होस्ट एवं गायक आदित्य नारायणले विवाह गरेका छन् ।

१० वर्षदेखि प्रेमीका श्वेता अग्रवालसँग प्रेम सम्बन्धमा रहेका आदित्यले यहि मंगलबार मुम्बईको इस्कन मन्दिरमा विवाह गरेका हुन् । केहि समय अगाडि उनको गायिका नेहा कक्कर सँग विवाह हुने समाचार बाहिरिए पनि कक्करको विवाह भएको एक महिना पुगेकै समयमा उनले पनि विवाह गरेका छन् ।

कोरोना संक्रमण महामारीका कारण विवाह समारोहमा ५० जनामात्रै सहभागी थिए । आदित्य र श्वेताको पहिलो भेट शापितु फिल्मको सेटमा भएको थियो। यो आदित्यको पहिलो फिल्म थियो भने श्वेता हिरोइन थिइन्।

आदित्यका अनुसार रिसेप्शन पार्टी आज राखिएको छ । ५ तारे होटलमा अमिताभ बच्चनदेखि प्रधानमन्त्री नरेन्द्र मोदीसम्म कैयौ हस्तीलाई निम्तो दिइएको छ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १४:१७ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...