back
CTIZAN AD

कुटानीपिसानी मिल सञ्चालकले सरकारसँग सहुलियत मागे

वि.सं.२०७७ मंसिर १७ बुधवार

561 

shares

१७ मंसिर, विराटनगर । कुटानीपिसानी मिल सञ्चालकले सरकारसँग सहुलियत मागेका छन् ।

कुटानीपिसानी व्यवसायलाई जीवन्त राख्न बिना धितो न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन तथा बिजुलीको महशुल समयमै तिर्न नसक्दा लाग्ने जरिवानाको छुट दिने व्यवस्था गर्न उनीहरुले माग गरेका हुन् ।

मजदूर र कर्मचारीको ज्याला तथा घरभाडालगायत खर्चका लागि २ प्रतिशत व्याजमा कम्तिमा ३ वर्षका लागि ऋण तथा खपत गरेको बिजुलीको महशुल समयमै तिर्न नसक्दा लाग्ने जरिवाना छुट आवश्यक रहेको कुटानी तथा पिसानी मिल व्यवसायी सङ्घका अध्यक्ष भरत कोइरालाले बताए ।

सङ्घका अध्यक्ष भरत कोइरालाका अनुसार विराटनगर महानगरपालिकाभित्र १०० भन्दा बढी मिल सञ्चालनमा रहेको जानकारी दिए । प्रत्येक मिलले आफ्ना मिलमा एकदेखि चार जनासम्मलाई रोजगार दिने गरेको उनको भनाइ छ ।

विगत २५ वर्षदेखि सञ्चालन हुँदै आएको विराटनगरस्थित महावीर राइस एण्ड फ्लावर मिलका सञ्चालक लालबाबु भगतले आफ्नो मिलमा कुटानी पिसाउन गराउन आउने ग्राहकको सधैँ भीड लाग्ने गरेको बताए । उनले गहुँ, चाना दाल, चामल पिसाएको प्रतिकेजी रु सात, मकै ९खस्रो र मसिनो० रु सातदेखि १०, सातु, लिटो, फापर, कोदो रु आठ, चामलको पीठो सेलरोटी, अर्सा, अनरसाका लागि पिसाएको रु १५, मसाला, बेसार रु ४०, खुर्सानी रु ४५, तेजपात प्रतिकेजी रु ७०, जौ प्रतिकेजी रु १० र दाल बनाई रु सातमा कुटानी पिसानी गर्दै आएको जानकारी दिए ।

मिलको आम्दानीबाट नै आफ्नो घरपरिवारको खर्च र छोराछोरीलाई शिक्षा दिँदै आएको उनको भनाइ छ । उनले मिलमा दुई जनालाई रोजगारीसमेत दिएको छ । मिलअनुसार कुटानी पिसानीको दर पनि फरक फरक रहेका छन् । विराटनगर–९ स्थित अनिल मसाला मिलमा प्रतिकेजी जिरा, बेसार र धनियाँको पिसानी शुल्क रु ३० लिने गरेको छ । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको सो मिलमा विशेषगरी तरकारीमा प्रयोग हुने मसाला पिसाउने गरेको सञ्चालक आशीष शाहले बताए ।

अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका त्यस्ता मिललाई कोरोना महामारीपछि पनि निरन्तरता दिन राहत प्याकेज आवश्यक रहेको उनको भनाइ छ । रासस

वि.सं.२०७७ मंसिर १७ बुधवार १४:१८ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...