Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

कमरेड चिन्तन र म



क. कृष्ण गौतम, मोहन सिंह गाहा मगर, कुवीजा पराजुली, विजय सुवेदी, खडकबहादुर कुँवरको सहादत भएको पुष्टी भयो । मैले फोन राखेँ । भावनात्मक रुपले नजिक रहेको लामो समयसँगै काम गरेका, दुःखसुख बाँडीचुँडी गरेका गर्ने साथीहरू गुमाउन पर्दा असीमित पीडा हुँदो रहेछ । त्यो घटनामा दुश्मनको घेरा बन्दीबाट बच्न सफल हिरा नेपाली जिउँदो सहिद भन्दा पनि हुन्छ । यो हत्याकान्डलाई लिएर विरोधीहरूले गलत प्रचार गर्न थाले । पानीमा माछा मार्न पल्केका वैरहीरूले कृष्ण सरको हत्या पार्टी भित्रैका सुराकीबाट भएको हो, भन्दै क्रान्तिकारी र जनतामा निराशा फैलाउने कुचेष्टा ग¥यो । सहिद परिवारमा द्विविधा उत्पन्न गरायो । वास्तवमा घटना नेपाली काङ्ग्रेसको शेरबहादुर देउवाको सरकारको आदेशमा शाही सेनाले गरेको थियो । कुनै आशंका थिएन ।

ऐतिहासिक अभिभारा पूरा गर्ने राजनीतिको व्यवहारिक जीवनमा प्रवेश गर्दै थियौँ । २०४० सालको कुरा हो, म शालिग्राम उच्च मा.वि. सेतीवेणी (पर्वत) मा कक्षा ९ मा अध्यापन गर्दै थिएँ । महेन्द्र न्यौपाने (टकलाक) र म त्यहाँका विद्यार्थी नेता थियौँ ।

म अ.ने.रा.स्व.वियु.को इकाइ अध्यक्ष थिएँ । पञ्चायती व्यवस्थाको चरम दमनको युग सुरु भएको थियो । एक दिनको कुरा हो, हामी केही साथीहरू मिलेर बजार र स्कुलमा पञ्चायती व्यवस्था विरोधी नारा लेख्यौं । त्यो मेरो क्रान्तिकारी जीवनको पहिलो व्यवहारिक कदम थियो । अलि अलि डर अनि अलि अलि उत्साह मिश्रित भावमा वालपेन्ट ग¥यौं । उज्यालो हुन नपाउँदै बजारमा सनसनी फैलियो । जब बिहानको दश बज्दै थियो गुरुहरूले सबै विद्यार्थीलाई लाईनमा लगाएर नारा लेखेको बारे केरकार गर्दै थिएँ, म पुगे लाइनमा । लाइनमा पुग्दा नपुग्दै सबैको ध्यान मतिर तानियो । रातको अनिँदो हातहरूमा रङका थोपाहरू देखेपछि गुरुहरूले मलाई केरकार गर्न लाग्नुभयो । मैले सिधैँँ भने ‘हो, मैले लेखेको ।’ मलाई स्कुलबाट निस्कासन गर्ने धम्की दिन थालियो । पहिलो महेन्द्र न्यौपाने, दोस्रो म । सोंचेँ मसँग २ वटा विकल्प थिए एउटा आत्मसमर्पण गरेर माफी माग्ने, अर्को विद्रोह । यी विकल्पमा छलफल भयो । एकजना नाम चलेका साथीले माफी मागेर यही पढ्नुपर्छ भन्ने तर्क राख्नु भायो । मैले ठाडै अस्वीकार गर्दै विद्यालयबाट निष्कासनमा पर्ने माफी भने नमाग्ने अडानमा पुगेँ । अनि मैले हाम्रो विद्यार्थी संगठन भएको ठाउँ कहाँ छ भनेर बुझ्दै गर्दा निर्मल जनसेवा मा.वि. त्रिवेणी र जनसेवा संस्कृत मा.वि.पैयुँ हटियामा हाम्रो इकाइ भएको थाहा पाएँ । हामीले सहयोगको लागि पत्राचार ग¥यौँ । तेस्रो दिन हामीलाई सघाउन जनसेवा संस्कृत मा.वि. र निर्मल जनसेवा मा.वि.बाट साथीहरू हाम्रो विद्यालय शालिग्राम मा.वि.मा आउनुभयो । पातलो जिउ, टाउकोमा ढाका टोपी ढल्काउँदै सुरिलो बोली भएको मान्छेमा मेरो आँखा गयो । परिचय ग¥यौँ, मेरो नाम कृष्ण गौतम म निर्मल जनसेवा मा.वि. कक्षा १० मा अध्ययनरत, परिचय पुरा भयो । म गर्भले फुलेँ एउटा चिठीको भरमा आपत परेका विद्यार्थीहरूलाई सहयोग गर्न ठूलो जुलुस लिएर आउने मैले अभिभावक पाएको महसुस गरेँ । अब हाम्रो सम्बन्ध बाक्लीदैँ जान थालेको थियो । उहाँ २०४१ सालमा एसएलसी पास गरेर बुटवल बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गर्न गए पछि फेरि भौतिक रुपले भेटघाट कम हुँदै जान थाल्यो । भौतिक रुपमा निकट नभएर के भयो र त्यो पातलो ख्याउटे शरीर शिरमा ढाका टोपी, त्यो पनि छड्के लगाउने वैचारीक र भावनात्मक रुपमा कृष्ण गौतमले मेरो दिल दिमागमा बास गरिसकेका थिए । राजनैतिक रुपले विस्तारै हामी परिपक्व वन्दै जाँदै थियौँ । जिम्मेवारी पनि थपिँदै जान थाल्यो । कृष्ण सर बुटवल र म पर्वत चौंथो महाधिवेशसन भित्र अन्तरसंघर्ष तीव्र बनिरहेको थियो । ने.क.पा. चौंथो महाधिवेशनमा विभाजन आयो । हामी दुवै संयोगले मशाल समूहमा परेछौँ । पार्टीको कुरा हामीलाई के थाहा ? हामी अ.ने.रा.स्व.वि.यू. छैटौँ मार्फत राजनीतिमा क्रियाशील हुँदै गयौ । नेपाली कम्युनिस्ट आन्दोलनको नकरात्मक वीरासत भनौंँ टुटफुट र विभाजन बढ्दै गइरहेको थियो । एक वर्ष बित्न नपाउँदै २०४२ सालको कुरा हो ने.क.पा. (मशाल) मा विभाजन भयो । कृष्ण सर र म फेरि पनि एउटै ने.क.पा. (मशाल) भक्तबहादुर श्रेष्ठ र मोहन वैद्यले नेतृत्व गरेको समूहमा परेछौँ । त्यसपछिका दिनमा कृष्ण सरले अ.ने.रा.स्व.वि.यू.छैटौँ रुपन्देहीको अध्यक्ष हुँदै राजनीतिक यात्रालाई निरन्तरता दिनु भयो । म पर्वतमा हाम्रो संगठन (मशाल मोटो) कमजोर थियो । संगठन पातलो मसालले कब्जा गरेको थियो । केही भएका साथीहरू पनि २०४३ पछि पल्टै छोडेर कोही काठमाडौँँ, कोही बुटवल जानुभयो । त्यत्तिबेला सूचना आदानप्रदान गर्ने चिठीपत्र बाहेक अर्को माध्यम थिएन । मोबाइल र टेलिफोन पनि थिएन । वर्षको एक पटक दसैँमा भेटघाट र विचार विमर्श गरेपछि एक वर्षको लागि ढुक्क भइन्थ्यो ।

२०४३ मा म पर्वतको अ.ने.रा.स्व.वि.यू.को जिला अध्यक्षमा निर्वाचित भएँ । यसरी नै राजनैतिक दिन चर्या बित्दै थियो । कुनै पनि विज्ञान र विचार त्यस युगको चेतना अनुरुप प्रतिपादन गरिएको हुन्छ । त्यसका अनुयायीरूले समय अनुकुल त्यसलाई विकास गर्न सकेनन् भने रुढिवाद र कर्मकान्डमा परिणत हुन्छ भन्ने प्रष्ट विचार भएका योद्धा हुन् कृष्ण गौतम सर । आदरणीय सहिद कृष्ण गौतम तीव्र इच्छा शक्ति सरल स्वभाव अध्यनशील र कुनै पनि विषयमा ज्ञान नभएसम्म प्याच्च नबोल्ने सुन्दरता भरिएको एउटा योद्धा हुनु हुन्थ्यो । गजबको कुरा त अंग्रेजी विषयमा मास्टरस गर्नुभएको थियो । तर पढाउन भने गणित पढाउनुहुन्थ्यो । नेपाली व्याकरणदेखि सबै विषयमा दखल राख्नुहुन्थ्यो । लेख, कविता र गीत समेत लेख्नु हुन्थ्यो । यस्तो बुहुमुखी प्रतिभाका धनी मित्र कृष्ण गौतम गुमाउँदाका पीडा सामान्य संस्मरणले के समेटन सक्ला र ?
२०४३ मा एसएलसी गरे पछि चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै कलेज हाजिर पु¥याउने र बाँकी समय पर्वतको जिम्मेवारी पुरा गर्नुपर्दथ्यो । २०४४ को दशैमा कलेज विदा भएपछि हामी सबै साथीहरू घर फर्किने र दशैंको अवसरमा भेटघाट र विचार आदान प्रदान गर्ने काईक्रम राखिन्थ्यो । अघिपछि समय दिन नसके पनि खास खास समयमा मेरो प्रिय साथी नीलकण्ठ तिवारी विचार आदान प्रदान काईक्रममा मुख्य भूमिका निर्वाह गर्नुपर्दथ्यो । यो पटक पनि अर्थुन बजारमा भेटघाट काईक्रम राख्यौँ । हामीले सामूहिक प्रतिबद्धता ग¥यौँ । जो जहाँ भए पनि पर्वत र पैयुँखोलाको विकास न्याय र राजनैतिक गति विधिमा सक्रियतापूर्वक लागिरहने बाचाका साथ उठयौँ । समय बित्दै थियो २०४५ भारतले गरेको नाकाबन्दी २०४६ सालको जनआन्दोलनमा हामी सबै आन्दोलनमा हुन्थ्यौँ । कृष्ण सरले संस्कृत मा.वि.मा पढाउन थाल्नुभएका थियोे । राजनैतिक परिवर्तनको लागि कहीले पनि दुश्मनसँग नझुकीकन जागिरको पनि प्रवाह नगरी निरन्तर खटी रहथे । म पेशेवर (पूर्णकालीन) भैसकेको थिएँ । आर्थिक समस्या रही रहन्थ्यो । अहिलेको जस्तो सुविधाको राजनीति गाडीमा सररर हिँड्नु थिएन । गोजीमा २ पैसा हुँदैनथ्यो । कलेज जान्छु भनेर बाबुसँग ढाँटेर लिएका पैसाले पार्टीमा काम गर्न कति दिन पुग्थ्यो र ! तत्कालीन क्रान्तिकारीहरु कसरी दुःखकष्ट उठाएर जनताको घरदैलोमा जान्थे र राजनैतिक गतिविधि सञ्चालन गर्थौ भन्ने कुरा अहिलेका दुःख नभोगी नेतृत्वमा पुगेका अब्वल क्रान्तिकारीहरुलाई पत्याउनै गाह्रो हुन्छ । हाम्रा खाजा आलु, भुटेको मकै, चिउरा हुन्थे ।

उत्तरबाट फर्कदै थियो । क. गोकर्ण पण्डित र मसँग पैसा सकिएपछि बिचमा चिनेको कोही थिएन । भोकले लखतरान थियौँ । कृष्णसरलाई भेट्यौं । भेटमा उहाँ पहिला राजनैतिक कुरा भन्दा सन्चो बिसन्चो र खाना सोध्नु हुन्थ्यो । त्यो दिन पनि शुक्रबारको दिन थियो । स्कुल बिदा भएर उहाँहरूले खसी काटेर भुजा मासु खाने तयारीमा हुनुहुन्थ्यो । करिब ४ बजेको थियो होला । हामी बिहानदेखिको भोको भएको थाहा पाएर उहाँले आफ्नो भाग सर्लक्कै हामीलाई दिनुभयो । आफूले नखाई साथीहरूलाई दिने यस्तो माया ममता र साथीहरूको भावना बुझ्न सक्ने मान्छे कमै भेटिन्छ, हामी दङ्ग प¥यौँ । हामी थुपै्र संघर्षमा सँगै छौँ । २०४६, ४७ मण्डले विरोधी कालोमोसो दल्ने संघर्ष आदरणीय पाठक मित्रहरू जति कोमल दिल कृष्ण गौतममा थियो त्यतिकै जनताका वैरीप्रतिको घृणा र आक्रोश पनि थियो । २०५० सालको कुरा हो । हामीले वर्ग संघर्ष चलाउने निधो गरेर एउटा तयारी गरिरहेका थियौँ । नेतृत्वको हिसाबले मुख्य भूमिका हामीले नै निभाउनुपथ्र्यौ । जिल्ला पार्टी शिथिल भयो । पैयुँखोलाको पार्टी सकृय थियो । त्यसको इन्चार्ज म थिएँ । कृष्ण सर इलाकाको कमिटीमा हुनु हुन्थ्यो । जिल्ला कमिटीमा भने हामी दुवै जना थियौंँ । हाम्रो बलीयो टिम थियो । जयनारायण तिवारी, महेश लामिछाने, रेशम सापकोटा, उमाकान्त भुर्तेल, कृष्ण तिवारी, आई.वि. गुरुङ, गोकर्ण पण्डित, काशी भण्डारी, लिला सापकोटा लगायतको बलियो इच्छा शक्ति भएको टिमले सेतीवेणीबाट वर्ग संघर्षको सुरुवात गर्ने र जिल्लाभरि फैलाउने सोंच बनायौँ । २०५० सालको कुरा हो । हामीले सबैले कसैले बन्दुक खोज्ने, पटका जम्मा गर्ने, खुकुरी, खोज्ने यस्तै जिम्मा लिँदै गर्दा कृष्ण सरको जिम्मा आर्थिक खोज्ने पर्यो । जिम्मेवारी बढ्दै गर्दा उहाँले प्वाक्क बोल्नुभयो पैसा खोज्ने जिम्मा त पूरा गरौँला । तर फटाहा कुट्ने जिम्मा पनि मलाई है । अचम्म लाग्यो त्यति सरल मान्छेले यस्तो कडा कुरा । वर्ग दुश्मनप्रतिको घृणा अभिव्यक्त हुन्थ्यो । नभन्दै २०५० साल कार्तिकको एकादशीको दिन जुवा कब्जा गर्ने निर्णय भयो । उपयुक्त समय पारेर पर्चा पोस्टरसहित राती १० बजे फटाहा र जुवा खाल कब्जा गयौँ । केही साथीहरू लगभग काप्दै भागे तर कृष्ण गौतम ढुक्कसँग आफ्नो भूमिका पुरा गरेर हर हिसाब गरेर मात्र बिदावारी हुनुभयो । सबै काम राम्रै गर्यौ । दुखको कुरा एकजना हाम्रै मित्र राधाकृष्ण भुसाल गोपुक उहाँलाई नचिनेर एकजना साथीले आक्रमण गर्दा टाउकोमा चोट लाग्यो । आदरणीय मित्र राधाकृष्णसँग यही संस्मरणमार्फत माफी माग्न चाहन्छौँ । प्रहरी प्रशासन सेतीवेणी केन्द्रित भयो । केही साथीहरूको भागाभाग भयो तर कृष्ण गौतम सतीससाल जस्तै अडियो । कृष्ण तिवारी कलाकार प्रमुख हुनुहुन्थ्यो । २ दिन पछि शालिग्रामको देउरालीमा सांस्कृतिक काईक्रमको आयोजना गरिएको थियो त्यो रात अरु कोही साथी आएन । कृष्ण गौतम, कृष्ण तिवारी र म तिनजना मात्र पार्टीका साथीहरू मिलेर काईक्रम चलाईौँ । जनता खचाखच बाक्लो उपस्थितिमा म प्रमुख वक्ता, कृष्ण सर पहिला बोल्नुभयो । उहाँको अगाडि मत फिका जसले गरे पनि सेतिवाणी संघर्ष ठिक छ सेतीवेणीको जुवा तथा वर्ग संघर्षलाई लालसलाम भन्नुभयो । यति साहस र दृढ विश्वासले भरिएको मान्छे म त तिन छक्क परेँ । त्यत्रो संघर्ष भएकै ठाउँमा खुलेर समर्थनमा भाषण !

समय गुज्रर्दै थियो । जनयुद्धको तयारी स्वरुप वर्ग संघर्ष सञ्चालन गर्ने तयारी भइरहेको थियो । वर्ग संघर्ष चलाउने केन्द्रले निर्णय पनि गरेको थियो । तर दुःखको कुरा हामी वर्ग संघर्ष चलाउनेलाई नै कारवाही गरियो । हाम्रो ब्युरो इन्चार्ज नारायणकाजी श्रेष्ठ र सेक्रेटरी देव गुरुङ हुन्थ्यो । देव गुरुङ आउनुभयो । भेला बोलाइयो, राती ८ बजे जयनारायण तिवारीको तलको सरौंखोलाको एकान्त गोठमा देव दाइले सर्कुलर पढेर सुनाउनुभयो । संघर्षको स्प्रिट ठिक भए पनि सेतीवेणी संघर्ष केन्द्रको अनुमति नलिइकन गरेकोमा काईवाही गर्ने भनिएको रहेछ । कृष्णसर जुरुक्क उठेर भन्नुभयो ‘के को कारवाही ! केन्द्रले वर्ग संघर्ष गर्ने निर्णय गर्ने, हामीले कार्यान्वयन गर्ने हो हामीले ग¥याँै, कारवाही त काम नगर्ने गफ गर्नेलाई गर्नुपर्छ ।” हल स्तब्ध भयो । मैले पोल खाल्नै पर्छ । संघर्ष गर्ने उकास्ने साथीहरू भागाभाग गरे । पार्टीसँग मैले त होइन भन्दै सफाइ लिनेहरू त्यही पार्टीको ठूलै नेता भएर आउँदैछन् रे । पैयुँखोलामा दोष मेरो टाउकोमा थोपरेर साथीहरू उम्किनु भयो । मेरो सोझो र सरल पनबाट निरन्तर फाइदा लिएरहे । केही मान्छेहरू । जेहोस् कृष्ण गौतम निडर निःस्वार्थ सरलताको खानी हो भन्ने कुरा बुझ्न सकिन्छ ।
२०५१ पछि जनयुद्धको तयारीमा पार्टी तीव्ररुपमा लागिरहँदा आफ्नो भूमिका निभाउन अलिकति पनि पछि पर्नुभएन । आफैले पढेको विद्यालयमा उहाँले पढाउनु हुन्थ्यो । जब चार बज्थ्यो स्कुल छोडेर पार्टीको काममा लागि हाल्नुहुन्थ्यो । पार्टी भित्र अन्तर संघर्ष तीव्ररुपमा चल्छ तब उहाँ कता उभिनुहुन्छ भनेर सोंचनै नपर्ने । जनयुद्धको तयारी गर्दै थियौँ पार्टीभित्र जनयुद्ध सम्भव छैन र तत्काल जनयुद्ध गर्न हुँदैन भन्ने लाईनका पक्षघर क. नारायणकाजीहरू पार्टीबाट बाहिरिनुभयो । त्यो फुटमा पनि उहाँ शालिग्राम जस्तै खारिँदै दृढतापूर्वक जनयुद्धको पक्षमा उभिनुभयो ।

जब जनयुद्धको तयारी हँुदै थियो, कम्युनिस्ट भएको कारण दुर्नियत राखेर आफ्नो गाउँको विद्यालयबाट आफूलाई प्रजातन्त्रवादी भन्ने आफ्नै मान्छेहरूले दुःख दिने नियतले सरुवा गरे उहाँलाई । यस्तो सरुवाले छुने कुरै भएन । किनभने कृष्ण गौतमले इमानको रोटी खाएको थियो । चिन्तन सर सबैको प्रिय सर, गुरु, तथा अभिभावक हुनुहुन्थ्यो । जहाँ गयो आफ्नो प्रभाव छोडी हाल्ने । २०५२ फागुन १ गते राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्यसहित ऐतिहासिक सशस्त्र विद्रोह गणतन्त्र स्थापना गर्ने उद्देश्यसहित ऐतिहासिक सशस्त्र विद्रोह सुरु भयो । विद्रोहमार्फत पुरानो सत्तालाई विस्थापित गर्ने युगीन विद्रोहमा म बाग्लुङ म्याग्दी सरुवा भएर पार्टी काममा खटिएको थिएँ । कृष्ण सर भने पर्वतमै रहनुभयो । नेपाली काङ्ग्रेसका मित्रहरूले कम्युनिस्ट भएको आरोपमा सरुवा गर्ने र मानसिक यातना दिन थालेपछि सरले काठमाडौँँ डिग्री पढ्न जाने निधो गर्नुभयो । २०५४ सालतिरबाट पढ्ने उद्देश्यसहित काठमाडौँँको बसाई हुन थाल्यो । पढाइलाई ध्यान दिँदै अन्य राजनैतिक तथा सामाजिक काईमा उहाँ निरन्तर लागिरहनु भयो । हातेमालो अभियान पैयुँजागरण काईक्रम लिएर वालिङ– हुवास मोटर बाटो बिस्तार गर्ने मोदी खोला सडकखण्ड विस्तारमा उहाँको महत्वपूर्ण भूमिका छ । यसको अवधारणा भने निलकण्ठ तिवारीजीले ल्याउनुभएको थियो । सबै राजनैतिक दल संघसंस्था विकासप्रेमी पैयँुँका युवाहरूको सक्रिय सहभागीता रहेको हातेमालो अभियानको नामबाट अहिले मोदिखोला बजारको चोकको नामाकरण ‘हातेमालो चोक’ राखिएको छ । यस अभियानले विकासमा सबैको सहभागीताको अर्थ राखेको छ । समयको गति सँगसँगै म फेरि बाग्लुङ म्याग्दीबाट आफ्नै जिल्ला पर्वतमै सरुवा भएर जिल्ला सक्रेटरीको जिम्मा लिएर आएँ । जनयुद्ध तीव्र गतिमा विकास भइरहेको थियो । दुश्मनले किलो शेर टु अप्रेसन, रोमियो जस्ता अप्रेसन चलाएर आन्दोलनलाई निस्तेज पार्न चाहन्थ्यो । हामी त्यसको विपरीत हतियार जम्मा गर्ने गोलाबारुद जम्मा गर्ने अभियानमा थियौँ । पर्वतमा पहिलोपटक आफ्नै व्यक्तिगत सम्पत्तिबाट पेस्तोल (सिक्सर) किनेर पार्टीलाई बुझाएको थिएँ । १५ जोडा लडाकु दलको युनीफर्म र पेस्तोल किन्ने निर्णय गरेर चितवन जिल्लाको माडी न.पा.४ क. परमेश्वर थारु आदरणीय दाजु (पहिला नक्सलवादी आन्दोलनका क्याडरपछि सर्वहारा श्रमिक संगठन) बाट पेस्तोल किनेर मैले जिल्ला पार्टीलाई बुझाएँ । पछि पेस्तोल बाग्लुङ लगिएको थियो । २०५४ को कुरा हो क. कृष्ण गौतम, क. रमेश सापकोटा, जयनारायण तिवारी, विनय सर, रेशम सापकोटा लगायतका साथीहरू सहित सिर्सीकोटबाट २ जनाले वारखोर वन्दुक कब्जा गरिएको थियो । कृष्ण सर अनिगन्ती संघर्षमा सक्रिय सहभागी हुनुभएको थियो । त्यसैले क. चिन्तन राजनैतिक काईकर्ता मात्र नभएर कुशल लडाकु सेना समेत हुनुहुन्थ्यो । त्यसपछि किलो शेरा टु अपरेशनबाट पैयुँखोलामा दमन तीव्र पारिएको थियो । हामी पूर्ण भूमिगत बन्यौँ । सरलाई भने पढाइ सकेर फर्किने भन्दै काठमाडौँँतिर बिदाई गर्यौ ।

पछिल्लो ३ वर्षको समय पर्वत आउने काठमाडौँँँ जाने निरन्तरता रह्यो । जेभए पनि खास बेलामा पर्वतको आन्दोलनमा जोडीरहनुहुन्थ्यो । काठमाडौँँ पढ्न बसे पनि छोटो समय बाहेक पर्वत जिल्लाको जिल्ला कमिटीमा निरन्तर रहनुभयो । जनयुद्धले गति लिँदै थियो । बाग्लुङ र पर्वतको सिमाना कालीगण्डकी किनारा बेलगारमा रहेको चौकी कब्जा फलेवास बैँक कब्जा, लंखुदेउराली प्रहरी चौकी कब्जाका साथै जाली फटाहाको विरुद्धको काईवाहीलाई तीव्र पार्दै थियौँ । दशैभरि युद्धको ज्वाला दन्किदै थियो । २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंसनाश हुने गरी दरबार हत्याकान्ड भयो । ज्ञानेन्द्रले आफैलाई राजा घोषीत गरे । असार २८ गतेको होलेरी चौकी र ठूले राईको कब्जाले देशैभरि उथलपुथल बनायो । सो घटनालले प्रिय साथी कृष्ण गौतमलाई झक्झक्यायो र उहाँ पर्वत आउनुभयो । पर्वतमा कृष्ण सरको आवश्यकता महसुस हुँदै थियो । तर दुःखका साथ भन्नुपर्दछ तत्कालीन नेतृत्वले महत्व नदिएपछि पुनः काठमाडौँँ फर्किनुभयो । २०५९ माघमा पर्वत जिल्लाको सबै तहका साथीहरूको केन्द्रीकरण होश्राङ्दीकको अरगाउदीमा राखियो । उक्त भेलामा क. कृष्ण गौतमलाई पनि बोलाइयो । पर्वतमा कृष्ण तिवारी, कृष्ण भुसाल, क. विप्लब, क. हरि पौडेल, क. तृसना अधिकारी, क. हेम तमु (पासाङ) लगायतका साथीहरूको दुश्मन फौजद्वारा हत्या गरिएको थियो । संकटकालले संगठनात्मक अवस्था क्षतविक्षत थियो । भागदौड चलिरहेको थियो । ६५ जना काईकर्ता मध्य सहिद र भागदौडले जम्मा १७ जना मात्र हामी काईकर्ता बाँकी थियौ । ठूलो चुनौती हाम्रा सामु थियो । स्थानीय नेतृत्वलाई विश्वास नगर्दा र मुल नेतृत्व बाहिरबाट ल्याइँदा ठूलो क्षति र जिल्लाका साथीहरूको मनोबल गिर्दै गएको थियो । यो विषयमा क. कृष्ण गौतम जय सर र रशेम सर, बाबुराम कार्की, क. बखान सिंहसहितको समीक्षा बसेर गौतम सरलाई जिल्लामा राख्ने प्रस्ताव मैले गरेँ । त्यतिबेला क. यशोदा सुवेदी(प्रभा) इन्चार्ज र जीवन रामजी बराल (जीवन) सेक्रेटरी हुनुहुन्थ्यो । म जनसत्ताको प्रमुख । मोदीखोलापारि मेरो जिम्मेवारी थियो । मैले कृष्ण सरलाई पुनः जिल्ला कमिटीमा राख्ने र जनसत्ताको कामलाई कर प्रणाली तथा न्याय सम्पादनलाई चुस्त र व्यवस्थित गर्ने प्रस्ताव राखेँ । केही जाने मानेका अहिलेका क्रान्तिकारी मित्रहरू तिन मान्छे उफ्रदैँ पढेलेखेको अवसरवादी हुन्छन्, संघर्षको बेला काठमाडौँँ बसेको जिल्लामा नराख्ने भन्दै विरोध गर्नुभयो मुल नेतृत्व पनि मौन बसेपछि जिल्ला कमिटीमा राख्नको लागि असाध्यै अफठ्यारा पारियो । तर पनि जिल्लाको मागको अगाडि इन्द्रेका बाउको पनि केही लागने । क. चिन्तनलाई जिल्ला कमिटीमा राखेपछि अन्नपूर्ण, माछापुछ्रे रेन्ज (कास्कीका केही गा.विसं ) हामीले (पर्वतले हे¥र्यौ) । कर संकलनलाई व्यवस्थीत गर्न २ महिना धान्दु्रक– लान्दु्रक क्षेत्रमा दुवै जना बस्यौँ । १ करोड भन्दा बढी कर उठाएर केन्द्रमा पठायौँ र कर उठाउने व्यवस्थापन गरेर दुवै जना तल ओल्र्यौँ । अब जनसत्ताको घोषणा भैसकेको थियो । म उत्तरी बेल्टमा फिल्डमा बढी खट्नु पर्ने अवस्थामा जन आन्दोलनको न्यायधीसको जिम्मेवारी थप दिँदै म जनसरकारको प्रमुख कृष्ण सर न्यायाधीशको भूमिका रह्यो । उहाँले कुशलतापूर्वक न्याय सम्पादनको काम गर्नुहुन्थ्यो । जनयुद्धको तुफानी अभियानमा पर्वत पार्टीलाई समस्या पर्दा काँघ थापेर पुरै जिम्मेवारी निभाउनुहुन्थ्यो । कृष्ण सरलाई बुद्धिजीवी काठमाडौँँ बसेको भनेर आलोचना गर्नेहरू भित्ता लागिसकेका थिए ।

पाठक मित्रहरू, तपार्इंहरूलाई अर्को रहस्यको पोल खोल्नुपर्दछ । कृष्ण सरलाई जनयुद्धबाट कटेर काठमाडौँँ बसेको भन्ने आफूलाई मूल नेतृत्वको कोटिमा राख्ने क्रान्तिकारीहरु संकटकाल पछि भागेर पोखरा पर्वत हँुदै ६ महिना दिल्ली बसेर इमानदार काईकर्ताले जनयुद्ध समालेर राखेपछि तिनै दिल्ली र पञ्जाब भागेकाहरू हाम्रा पौरख खाँदै सांसद र माननीय पद खाएका हुन् । कृष्ण गौतम झन् बढी खारिदै जनयुद्धको तुफानी बेगमा रमाउन सिक्नुभयो । अब भन्नुस क्रान्तिकारीको होला ?

२०६० फाल्गुणको कुरा हो बेनी सदरमुकाम म्याग्दीको हमलाको दोस्रो ठूलो तयारीको जिम्मा पर्वतलाई प¥यो । मलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको थियो । मैले जिल्लाको बैठकको आएहाँन गरे । तयारीको काम थाल्यौँ । कृष्णसरले भन्नु भयो, मलाई सबभन्दा अफ्ठ्यारो काम के छ त्यो दिनुहोस । निर्णय बमोजिम क. कृष्ण सरले रासन पानी ढुवानीको नेतृत्व लिनुभयो । रासन पनि २००० जनालाई पुग्ने, एक महिनाको लागि तयारी गर्नुपर्दथ्यो । चिउरा, दालमोठ, सातु, ड्राइमिट लगायत खाद्यान्न वालीङ र हातमालो चोकबाट ढुवानी गरेर भुक र होस्राङदी पु¥याउनुपर्दथ्यो । गाडीको सुविधा थिएन । पिठ्युमा बोकेरै लग्नु प¥थ्यो । असाध्यै कष्टकर काम थियो । एक दिनको कुरा हो, भारी बोकेर छत्तिसे हुँदै उकालो चढ्दै गर्दा मुखबाट रगत आयो । कैयौँ पटक रगत आउँदा पनि भारी बाकेर झोक्सीङ पुग्नु भयो । सरलाई ब्रोन्काटीस भएको रहेछ । हामीले केही दिन आराम गर्न भन्यौँ तर उहाँ भने केही दिन आराम गरेर जिम्माको काम बिग्रेलाकी भनेर तुरुन्तै काममा जोडिनुभयो । इमानदारीता र जिम्मेवारीप्रतिको नमुना नै हुनुहुन्थ्यो । २०६० चैत्र ७ गते बेनी सदरमुकाममा भिषण हमलामा १५० जना शाही सेनाको मृत्यु भयो । कार्वाही सफल पारेर हाम्रो टिम मल्लाज देउराली, भूकताङलेको जंगल हुँदै घोरे पानी क्षेत्रको जंगलमा ४ दिनसम्म घेरा बन्दीमा प¥यौँ । क. उमेशको आन्तरिक दुर्घटनामा क. सोम परियारको शाही सेनाद्वारा हत्या भयो । ४ दिनसम्म जंगलमा बस्दा क. कृष्ण चिन्तन सर (पासाङ लगायतका) दर्जनौँ साथीहरूको दुश्मनले हत्या श्रृङ्खला नै चलाइयो । १ महिनामा २५ जना साथीहरूको सहादत भयो । भागदौड चल्न थाल्यो । ७०–७५ जना काईकर्ता मध्य सहादत र भागदौडले १५ जना मात्र बाँकी रह्यो । मूल नेतृत्व बाहिरबाट ल्याउने र साथीहरूको मनोबल गिर्दै जाने अवस्थाबाट हामीमाथि उठ्यौं । छोटो समयमै परिपूर्ति गर्दै अघि बढ्यौँ । २०६१ साल श्रावणमा पार्टी केन्द्रीय समितिको बैठकले नारा तय ग¥र्यो । ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ, वैदेसिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौं’ भन्ने नाराका साथ प्रत्याक्रमणको तयारीमा जिम्मेवारी हेरफेर भयो । म रुपन्देहीको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर रुपन्देही गएँ भने क. चिन्तनलाई जिल्ला सेक्रेटारियटको जिम्मेवारी दिइएको । पर्वतको जिल्ला सेक्रेटारियट बनाए पछि साथीहरू फेरि तरङ्गित हुँदै गौतम सरलाई बनाएकोमा असन्तुष्टि पोख्दै गुणाखर (सरोजको) मान्छे भएकोले बनाइएको भन्दै दुःख पोख्नु हुन्थ्यो । तर कुरा त्यस्तो पटक्कै थिएन । कुरा त दक्षता, लगन र इमानदारीता, क्रान्तिप्रतिको विश्वास कृष्ण सरमा भएकै कारण जिम्मेवारी दिइएको थियो । मेरो व्यक्तिगत साइनो केही थिएन । ऊ क्रान्तिको सिपाही थियो । अग्रचेतना भएको केही मान्छे मूल्यको मानवीय गुण भएको योद्धा थियो । रुपन्देहीमा जिम्मेवारी लिए पछि दिनभरि तराईमा साँझ परे पछि पाल्पाको मुटुकै डाँडामा हुन्थ्यौँ । थाकेर आराम गर्दै श्री नगर एफ.एम. सुनिरहेका थियौँ । शाही सेना र माओवादीबिच भिडन्त भएको खबरहरू आइरहेको थियो । त्यत्तिकैमा अर्को यस्तो अकल्पनीय र अपत्यारिलो जस्तो लाग्ने समाचार ‘रेडमा स्याङ्जा र पर्वतको सिमा क्षेत्र सिर्सीकोटमा ५ जनाको हत्या । जिल्ला सेक्रेटरी तथा जनअदालतका न्यायधीशसहित ५ जनाको हत्या’ को खबरले म स्तब्ध भएँ । होस गुमाए जस्तो भयो । शरीरमा कम्पन आउन थाल्यो । म गुन्द्री बिच्छयाएर त्यही पल्टेँ । संसार अँध्यारो जस्तो लाग्यो । केही समय पछि समालिँदै सबै ठाउँमा सम्पर्क गरेँ । सबै साथीहरूले अपुष्ट खबर मात्र भनिरहँदा घटना सत्य नभए हुन्थ्यो जस्तो लाग्न थाल्यो । खाना खान पनि मन लागेन । रातभरि दिमागमा कुरा खेलिरहे । निद्रा लाग्ने कुरै थिएन । भोलिपल्ट मेरो परिवार खिमा बस्यालको पनि जिम्मा पर्वतमै भएकोले फोन गरेर सोधे । घटना सत्य भएको र ५ जना साथीहरू क. कृष्ण गौतम, मोहन सिंह गाहा मगर, कुवीजा पराजुली, विजय सुवेदी, खडकबहादुर कँुवरको सहादत भएको पुष्टी भयो । मैले फोन राखेँ । भावनात्मक रुपले नजिक रहेको लामो समयसँगै काम गरेका, दुःखसुख बाँडीचुँडी गरेका गर्ने साथीहरू गुमाउन पर्दा असीमित पीडा हुँदो रहेछ । त्यो घटनामा दुश्मनको घेरा बन्दीबाट बच्न सफल हिरा नेपाली जिउँदो सहिद भन्दा पनि हुन्छ । यो हत्याकान्डलाई लिएर विरोधीहरूले गलत प्रचार गर्न थाले । पानीमा माछा मार्न पल्केका वैरहीरूले कृष्ण सरको हत्या पार्टी भित्रैका सुराकीबाट भएको हो, भन्दै क्रान्तिकारी र जनतामा निराशा फैलाउने कुचेष्टा ग¥यो । सहिद परिवारमा द्विविधा उत्पन्न गरायो । वास्तवमा घटना नेपाली काङ्ग्रेसको शेरबहादुर देउवाको सरकारको आदेशमा शाही सेनाले गरेको थियो । कुनै आशंका थिएन ।

आदरणीय पाठक मित्रहरू, हरेक युगको क्रान्तिको रथ हाँक्न कृष्णहरू जन्मेका थिए । अब पनि पर्वतमा त्यस्ता योद्धाहरू जन्माउनु पर्दछ र मात्र समाज परिवर्तन हुनेछ । जब क्रान्तिका योद्धा जन्मिन्छ उसलाई पर्वतबाट नानाथरीका आरोप लगाएर विस्थापित गर्ने र अपुताली खान खोज्ने स्वार्थी झुन्डले पर्वत बनाउन सकिँदैन भन्ने चेत मेरो आदरणीय साथीहरूमा कृष्ण गौतमको जीवन व्यवहारबाट सिक्ने कि ? कृष्ण गौतमले विना संकोच, निजी सम्पत्ति, परिवार आफन्तहरूको घेराभित्र रहेर बसेको भए तपार्इं हामीले उपभोग गरेको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त हुने थिएन । पर्वतका सबै सहिदहरू कृष्ण तिवारीदेखि हेम गुरुङ र हरि पौडेल नवीन, माया अधिकारी, शिव काफ्ले यादव भुसाल लगायत ४२ जना सहिदहरूले सिञ्चिएको पर्वतका हामी हकदार भएका छौँ । आदरणीय साथी कृष्ण गौतम आज तिमी बाँचेको भए, राजनीतिमा, विचारमा संस्कृतिमा र संगठनात्मक रुपमा छलफल बहस हुन्थ्यो होला आफ्नो जन्मभूमि र कर्मभूमि पर्वतप्रतिको अगाध माया र निष्ठा हुँदाहुँदै पनि कृष्ण सर तिमीले सहादत गरेको भूमिमा राजनैतिक जीवन गुर्जन सकेको छैन । मुल कुरा त पाठक मित्रहरू जीवन कालभरि १५ वर्षको उमेरबाट आज ५० वर्षमा टेकीए छ । ३५ वर्ष राजनीतिक जीवन गुजारेको पर्वतमा आर्थिक समस्याकै कारण विस्थापीत हुन बाध्य भएका छौँ । हाम्रो समय फेरिएको छ । हिजो मकै र सातु पोको लिएर राजनीतिक आन्दोलनमा होमिएका हामी अहिले पैसाका मुठा लिएर गाउँ पस्न नसक्दा हामील प्राप्त गरेको गणतन्त्र कोइलीको फूल कागको गुण जस्तो भएको छ । आज बयल गाडा लिएर अमेरिका पुिगँदैन भन्ने मान्छेहरू गणतन्त्रका पहरेदार बनेर हामी माथि शासन चलाईरहेका छन् । यस्तै छ कृष्ण सर पर्वतको व्याथा । कृष्ण सरहरूलाई गुमाउँदाको पीडा त अझ परिवारले कति भागेको होला । छोराछोरीको अभिभावक गुमेछ । श्रीमतीको असल श्रीमान्, दाजुको भाइ, गुमाउँदा पनि गर्व गरेर समाज परिवर्तनको आशा र भरोसामा डाँडापारिको धिपधिपे बत्ती हेरेर प्रतीक्षामा हुनुहुन्छ । पारिवारलाई के भनेर सम्बोधन गरौँ । मसँग शब्द नै छैन । उदय दाइ र काशी भाइले पटक पटक फोन गरेर तपाई विनाको स्मृति–ग्रन्थ अपूर्ण हुन्छ । स्मरण गराई रहनुभयो । यो परिवारलाई शिर निहु¥याएर सलाम गर्न चाहन्छु । कृष्ण गौतम (क चिन्तन) बाट समाज परिवर्तनका अभियान्तहरूले धेरै सिक्नु छ । के हामी छलकपट बाट मुक्त हुन सक्छौँ । निजी स्वार्थबाट मुक्त हुन सक्छौँ, क. माओले भन्नुभए जस्तै छलछाम र षड्यन्त्र होइन खुला र स्पष्ट होऊ । र जनताको सेवा गर भन्ने मर्मलाई समात्न सक्छौँ । हामीले आफूलाई माक्र्सवादी ठान्ने हामीले द्वन्द्वात्मक भौतिकवादलाई नयाँ ढङ्गले जीवन व्यवहारमा उतार्न सक्छौँ ? कृष्ण गौतमले हरेक बैठकमा जोड दिएर भन्नुहुन्थ्यो । ज्ञान कहाँबाट प्राप्त हुन्छ । वर्ग संघर्षबाट उत्पादनको लागि संघर्षबाट र वैज्ञानिक प्रयोगबाट क. माओको यो उद्धरणलाई जीवन व्यवहारमा लागु गर्ने कुशल चेतनासहितको योद्धा हुनुहुन्थ्यो कृष्ण सर । नेतृत्वको हिसाबले कृष्ण सरको भन्दा माथिको जिम्मेवारी मैले लिइरहे । तर आदरणीय कृष्ण गौतमको म नेता होइन उहाँ सधैँँभरि मेरो नेता भएर मेरो दिन दिमागमा बास गरिरहनुभएको छ । उहाँ मेरो परिवारसँग भावनात्मक रुपले जोडिएको अभिभावक बनिरहनुभयो ।

पाठक मित्रहरू हामीले राजनैतिक व्यवस्था त पायौँ अब हामीले जनताको आर्थिक अवस्था फेर्नु छ । उत्पादनको लागि संघर्ष, आर्थिक विकास र समतामुलुक समृद्धिको अर्को यात्रा सुरु गर्नुछ । आदरणीय सहिदहरूका परिवारलाई साक्षी राखेर अर्को एउटा समुन्नत समाजवादको अभियानमा हातेमेलो गरेर अघि बढेमात्र कृष्ण गौतमहरूको सम्मान गर्न सक्छौं, समुन्नत समाजवादको यात्रामा आफूलाई सतीसाल जस्तै उभ्याउन सक्छौँ ? सक्छौ भने यही हो कृष्ण गौतमप्रतिको सच्चा श्रद्धा शुभम् ।

(बस्याल पूर्व सांसद  हनुहुन्छ)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कुल–आचार्य–नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ ।

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले हालसम्म १७ स्थानीय तहमा जित निकालेको छ। १

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेका कारण हिमाली तथा