back
CTIZAN AD

जापानमा सबैका लागि निःशुल्क कोरोनाको खोप

वि.सं.२०७७ मंसिर १७ बुधवार

603 

shares

१७ मंसिर, टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ । सरकारले छ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।

त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् । फाइजर र मोडर्नाले कोरोना विरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।

जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो । तुलनात्मक रुपमा जापानमा कोरोनाभाइरसको महामारी अन्य देशमा भन्दा कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन् ।

जापानमा अहिले कहिँ पनि अति कडा लकडाउन लागु गरिएको छैन । तर पनि महामारी अहिले तेस्रो पटक फैलिएको हो । सङ्क्रमितहरु भेटिने क्रम चलिरहेको छ । रासस/एएफपी

वि.सं.२०७७ मंसिर १७ बुधवार १४:२१ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...