
१७ मंसिर, काठमाडौं। श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।
उनको श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका उनको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उनको स्वाब सङ्कलन गरि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उपचाररत उनको मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो । अस्पतालबाट आफ्नो श्रीमानको खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको थियो।
उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट नआउदै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए । उनको श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । रासस