back
CTIZAN AD

डा. बुढाथोकी भन्छन्–यसरी गरौं कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन

वि.सं.२०७७ मंसिर १८ बिहीवार

813 

shares

विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा पनि हालसम्म १ हजार ५३८ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको दाहसंस्कारमा स्वास्थ्य सुरक्षाका दृष्टिले प्रचलित विधि अनुसार दाहसंस्कार गर्ने कि नगर्ने भन्ने विषयमा मत बाँझिदै समेत आएका छन् । संक्रमण हुने डरले सुरु-सुरुमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शवको अन्तिम संस्कारमा विभिन्न ठाउँका स्थानीयले अवरोध गरेका समाचारहरु पनि बाहिर आएका थिए ।

यस विषयमा डा. प्रकाश बुढाथोकीले कोरोनाबाट मृत्यु भएकाको प्रचलित विधि अनुसार दाहसंस्कार गर्न सकिने तर अन्तेष्टिमा केही साबधानी अपनाउन सुझाव दिएका छन् ।

यस्तो छ डा. बुढाथोकीको सुझाव
-जहाँसुकै वा जस्तोसुकै अवस्थामा मृत्यु भएको भएपनि यथाशक्य चाँडो शबलाई अन्तिम संस्कार गर्ने स्थलमा पुर्याउने ।

-प्रचलित विधिअनुसार दाहसंस्कार वा समाधिस्थ गर्ने ।

-शवलाई धेरै नचलाउने, लागेका पाइप, क्याथेटरलगायतका सामाग्री हटाउने, कुनै भागवाट स्राव वगिरहेको भए बन्द गर्ने, उठाउँदा, घाँट लैजादा, चितामा राख्दा वा गाड्ने तयारी गर्दा गर्नुपर्ने प्रक्रियामा विशेष सावधानी अपनाउने ।

-शबको कुनै भागवाट स्राव आएका बाहेक शब राख्न विशेष व्यागको जरुरत पर्दैन । शवलाई डिसइन्फेक्ट गर्न र विशेष शव वाहन जरुरी पर्दैन ।
-धेरै मलामी जम्मा नहुने, भौतिक तथा सामाजिक दूरी पालना गरी अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्दै एक दुई दर्जन मानिस भइ अन्त्येष्टि गर्ने ।

-६० वर्ष माथिका वृद्धवृद्धा, केटाकेटी तथा अन्य शारिरीक रोगका कारण कमजोर स्वास्थ्य भएका दीर्घरोगीहरुलाई अन्त्येष्टिमा सहभागी हुन नदिने ।

-अन्तिम संस्कार प्रक्रियामा मुखमा पानी चुहाइदिने, ढोग्ने, छुने, अँगालो हाल्ने, मिचिमिचि धुने नुहाउने जस्ता प्रक्रिया नगर्ने । एक मिटर बढीको दूरीबाट पालो पालो हेर्दा, जल छर्कदा, पाठ गर्दा, नमस्कार गर्दा फूल चढाउँदा जोखिम हुँदैन, गर्न दिन सकिन्छ । शवसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिले हरेक चरणमा हात धुने र स्यानिटाइजर प्रयोग गर्ने ।

-शव लिन जानूपुर्व शववाहनका चालक तथा कर्मचारीले मास्क पन्जा लगाएर मात्र गाडी चलाएमा पनि रोग सर्ने सम्भावना छैन । तथापि पीपीई प्रयोग गर्दा हुन्छ ।

-शवसँग प्रत्यक्ष सम्पर्कमा आएकाले अन्त्येष्टि सकिएपछि बाहिरी सबै कपडा, जुत्ता, टोपी आदि डिस्पोजेबल भए सुरक्षित स्थानमा संकलन गर्ने र त्यसको उचित उपचार गरी थन्क्याउने वा जलाउने । पुनः प्रयोग गर्नुपर्ने वर्गका भए एक प्रतिशत क्लोरिन झोलले निर्मलीकरण गरी धुने, पखाल्ने र घाममा सुकाउने ।

-अन्य शव नछुने मलामीले अरु समयमा जस्तै लगाएका कपडा धुने र नुहाइ धुवाई गरेमा प्रयाप्त हुन्छ ।

डा अधिकारीले अन्नपूर्णपोस्टमा व्यक्त गरेका विचारका आधारमा

वि.सं.२०७७ मंसिर १८ बिहीवार १३:३६ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...