back
CTIZAN AD

गरिबहरुको शिक्षाको बारेमा

वि.सं.२०७७ मंसिर १८ बिहीवार

1.1K 

shares

सर्वप्रथम सबैलाई नमस्कार म बाबु रोका मगर । म यो देशको सामान्य नागरिक हुँ हुनत तपाईंहरूको सामुन्ने यति कुरा गर्ने लायकको म छैन र न कुनै हैसियत छ केवल एक नेपाली नागरिक भएको हैसियतले मात्रै आज म ती गरिबहरुको शिक्षाको बारेमा बोल्न अर्थात लेख्न गइरहेको छु ।

हामीलाई मान्छेको जुन अवतार मिलेको छ त्यसको कुनै मतलव हुनुपर्छ, कुनै लक्ष्य हुनुपर्छ । यानीकी देश समाज र जनताको निम्ति कुनै राम्रो काम गर्नुपर्ने दायित्व बन्दछ । मानिसलाई बाँचुन्जेलसम्म मुख्यत जरुरत भनेको शिक्षा र स्वास्थ्य हो । यदी सरकारले केवल शिक्षा र स्वास्थ्य मात्रै पूर्ण रुपले निःशुल्क र गुणस्तरीय गराउन सके देशमा रोजगारको आवश्यक्ता पनि पर्ने थिएन । गरीबी शत प्रतिशत कम हुने थियो भने युवाहरू बिदेश पलायन हुनबाट रोकिने थियो । किनभने आजको समयमा हरेक नागरिकको कमाइ यी दुइटा क्षेत्र शिक्षा र स्वास्थ्यमा डुबिरहेको छ । त्यसैले हरेक नेपालीहरु रोजगारीको निम्ति हरेक समय तड्पिरहेका हुन्छन् यो दुखको कुरा हो ।

गरिबहरु राम्रो शिक्षाको अभावमा बेरोजगार मात्रै होइन कोहि गलत क्रियाकलाप गर्न बाध्य भएका छन् । हाम्रो देशका ती विद्यार्थी ७० प्रतिशत सरकारी विद्यालयमा पढ्छन । हाम्रो देशको सरकारी विद्यालयको स्थिति के छ ? कस्तो छ ? उसमा के छ ? के छैन ? सोच्नुपर्ने कुरा यो छ कि जो हुनुपर्ने हो त्यो पटक्कै छैन । आजकल कयौं ठाँउमा विद्यालय भवन फेरिएका छन् तर शिक्षा उहीँ पुरानो नै छ।

नम्बर –१- फ्याकल्टी : बच्चाहरुलाई राम्रो शिक्षा दिनको लागि शिक्षक पनि राम्रो हुनुपर्छ । तर हाम्रो सरकारी विद्यालयमा राम्रो शिक्षक हुने उम्मीद नै गर्न सकिरहेका छैनौ । कयौं सरकारी विद्यालयहरुमा २५ प्रतिशत शिक्षक स्कुल नआइ अटेन्डेन्ट लगाएका हुन्छन अनि कुनै विद्यालयमा हेड मास्टर नै हुँदैनन र कुनै विद्यालयमा २५ प्रतिशत शिक्षक दरबन्दी खाली रहन्छ ।

नम्बर –२ इन्फ्राटेक्चर : शिक्षण संस्था चलाउनको लागि सुविधायुक्त हुन जरुरी छ हाम्रो देशको कयौं विद्यालयहरु मा ठिकठाकका कक्षाकोठा समेत हुँदैनन । बच्चाहरु अझै पनि भुइँमा बसेर पढ्छन विद्यालयहरु नभएर रुखको छहारी मुनि ठाँटी पौवामा पढ्न बाध्य छन् । अचम्मको कुरा त यो छ कि हुम्ला, डोल्पा, मुगु जस्ता कयौं बिकट जिल्लाहरुका केही स्थानहरूमा विद्यालय के हो कस्तो हुन्छ त्यो समेत थाहा छैन ? कयौं विद्यालयहरुमा खेल्नको लागि प्लेग्राउन्ड यानी चौर आँगन छैन । ल्याब छैन । खेलकुद सामाग्री छैन । कम्प्युटर छैन । यदि रहेछ भनेपनी प्रयोगमा नआउने खालका छन्।

नम्बर–३ क्लिनर्स (सफाइ) : हाम्रो देशको कयौं सरकारी विद्यालयमा पिउनको लागि स्वच्छ पानी समेत छैन । ट्वाइलेटहरु छैन । यदि रहेछ भनेपनी फोहोरै फोहोर छन्। बच्चाहरु हरेक दिन कमसेकम ६-७ घण्टा स्कुलमा रहन्छन यदि स्कुल नै सफा रहेन भने बच्चाहरु कसरी सफा र स्वस्थ रहन सक्छन ?

नम्बर –४ : (मोटिवेशन) प्रोत्साहित, यो कार्य त तपाइहरुबाट पक्कै हुनसक्छ, विद्यार्थीहरु राम्रो संग पढ्न प्रोत्साहित गर्न । हाम्रो देशको राइट टु एजुकेशन एकेडेमीको अनुसार १० कक्षा सम्म स्ट्यान्डर्ड शिक्षा फ्री छ तर गुणस्तरमा प्रश्न वाचक लाग्छ ?

अहिलेसम्म कति राजनेताहरुका छोराछोरी सरकारी विद्यालयमा पढ्दै आएका छन यदि यो प्रश्न उहाँहरुलाई सोधेमा शुन्यको बराबर उत्तर जिरो ? अचम्मको कुरा त यो छ कि धेरैजना सरकारी शिक्षक तथा सरकारी कर्मचारीहरु आफ्नो बच्चाहरूलाई प्राइवेट विद्यालयमा पढाउँछन् । यदि हालत यस्तै हुँदै गयो भने कस्का अभिभावकहरु आफ्ना बच्चा सरकारी विद्यालयमा पढाउन हिम्मत गर्लान ? हरेक अभिभावक आफ्नो बच्चालाइ प्राइवेट विद्यालयमा पढाउन चाहन्छन । किनकि प्राइवेट विद्यालयमा उच्चस्तरीय फेसिलेटी सेवा सुविधाहरु उपलब्ध छन तर फिस यानीकी शुल्कमा ठुलै प्रश्न खडा हुन्छ । एड्मिसन डोनेसन लगायत विभिन्न फन्डको नाममा अभिभावकहरुबाट हज्जारौं रुपैयाँ लुटिन्छ । आजको एजुकेशन ब्यापारमा परिणत भएको छ । शहरका गल्ली गल्लिहरुमा प्राइवेट विद्यालयहरु च्याउसरि उम्रीरहेका छन भने गाँउमा विद्यार्थीको अभावमा सरकारी विद्यालय गाभिदै छन ।

अभिभावकको कमाइको आधा हिस्सा छोराछोरीको फिस र पढाइमा खर्च हुन्छ । बचेको आधा खर्चले घरखर्चलाई पनि पुग्दैन । अनि बचत शून्य ! यो गतिले त संसारको गति नै रोकिन्छ । थुप्रै अभिभावकहरु आफ्ना बच्चालाई प्राइवेट विद्यालयमा पढाउने हैसियतका हुँदैनन् तर सरकारी विद्यालयमा पढाउने इच्छा छैन जसको कारण उनीहरु मरिमरी बाँच्नु सिवाय अरु विकल्प नै छैन ।

मेरो विचारमा यो सब समस्याको समाधान एउटा मात्रै छ त्यो हो देशका सबै प्राइवेट विद्यालय Nationalision सरकारीकरण गर्ने । यदी यस्तो हुनसक्यो भने पुरै नेपालका प्राइवेट विद्यालयहरु बन्द गर्नुपर्ने हुन्छ तर यसरी बन्द गर्दा प्राइवेट विद्यालयहरु लाई नोक्सानी यानी घाटा हुनुहुँदैन जति उनिहरुले खर्च, लगानी गरेका छन त्यो सबै सरकारले जिम्मा लिनुपर्दछ । भएजती प्राइवेट विद्यालय सरकारको कब्जामा हुनुपर्छ, नभए लिजमा लिनुपर्छ । यो असम्भव छ भन्नेहरुलाइ म यो पनि बताउन चाहन्छु कि जब कुनै रोड यानी बाटोघाटो निर्माण गर्ने क्रममा रोड एक्सटेन्सन हुन्छ जो एक्सटेन्सनको लागि जग्गा जमिन लिइन्छ । त्यो जग्गाजमिनको पैसा जमिनको मालिकलाइ दिइन्छ । चाहे त्यो कुनै खेतिपाती गर्ने जग्गा नै किन नहोस यसरी एक्सटेन्सन गरेर काम गर्न सकिन्छ । यो गलत होइन भने प्राइवेट विद्यालय सरकारले कब्जा गर्नुपनी गलत होइन । मैले यो कुनै नयाँ कुरा गरेको होइन यो सिस्टम विश्वका कयौं देशहरुमा लागू भएर पनि सन्चालनमा आइसकेका छन ।  हामीहरु विदेशका अनावश्यक फेसन रितिरिवाज अपनाउन सक्छौ । अथवा कपि गर्न सक्छौ भने शिक्षा जस्तो संबेदनसिल विषयलाइ यो तरिका किन लागू गर्न नसकिने ? के तपाइहरु केवल धनिहरुका लागि मात्रै गुणस्तरीय शिक्षा मिलोस भन्ने चाहनुहुन्छ ?

त्यो हुनै सक्दैन म भन्दछु कि खोलानालाका किनारहरुमा गिट्टी फुटाउनेहरु होस या कुनै कम्पनिको मालिक, रिक्सा चलाउने होस या चौधरी ग्रुप जस्तै किन नहोस उनीहरुले आफ्ना बच्चाहरुलाई सरकारी विद्यालयमा नै पढाउनुपर्छ ।
यसो गरेमा कुनै इन्टरनेशनल एजुकेशन भन्दा कम हुनेछैन । यदि यस्तो हुनसकेमा हाम्रो देश कस्तो होला एकपटक घोरिएर सोच्नुहोस त ? म त भन्छु पढाइ गर्नेहरुको संख्या शतप्रतिशत हुनेछ बालश्रम ठ्याक्कै बन्द हुनेछ । मानव तस्करी चेलीबेटी बेचबिखन बन्द हुनेछ । तब हाम्रो देशका नेताहरुले पनि निःस्वार्थ मन भावनाले काम गर्नेछन । एक निरोगी समाजको निर्माण हुनेछ हरेक नेपाली नागरिकहरुको मन मस्तिष्कमा देशभक्ति भावाना जन्मिनेछ ।

विद्या बच्चाहरुको जन्मसिद्ध अधिकार हो । यो अधिकार उनिहरुबाट खोसेर उनिहरुको अपमान गर्ने र शिक्षाबाट बन्चित गराउने यो अधिकार देशका कुनै पनी शासकलाइ छैन ।

मलाई थाहा छ यो दुनियाँमा दुइटा ठूलो पावर छ एक स्टुडेन्ट पावर अर्को मिडिया पावर । तर मसँग आफ्नो ब्यक्तिगत मिडिया टिभी च्यानल छैन र प्रचारप्रसार गर्न प्रसस्त पैसा पनि छैन तर तपाईहरुको सहयोग र साथ पाउने अपेक्षा चै छ । यदि तपाइँहरुलाई मेरो यो कुरा ठिक लागे कृपया यो कुरालाई यो देशका जनता, सरकार र सरोकारवालाहरु सम्म पुर्याइदिने कष्ट गर्नुहोला, मेरो लागि होइन केवल देशको लागि हो जय नेपाल जय देशभक्त ।

लेखक : नेपाल पत्रकार महासंघ भारत शाखाका केन्द्रिय सदस्य तथा नेपाली देशभक्त आवाजका संस्थापक साथै चेलीबेटी बेचबिखन विरुद्धको अभियानकर्ता हुन् ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १४:५५ मा प्रकाशित

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...