back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सम्झौता

वि.सं.२०७७ मंसिर १८ बिहीवार

777 

shares

१८ मंसिर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ ।

बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौतामा पूर्व गृह र उर्जा तथा जलस्रोत मन्त्री तथा संघीय संसदका सांसद माननीय जर्नादन शर्माको उपस्थित पनि रहेको थियो ।

सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ । नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।

समारोहमा शर्माले देश स्रोत साधनमा धनि हुँदाहुदै पर्याप्त परिचालन नभएकाले गरिबीमा बस्नु परेको हुँदा यो कर्जाले स्रोत साधनको परिचालनमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलको रुपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बङ्गलादेशबाट सुरु भएको सामुहिक जमानीको आधारमा लगानी गरिने लघुबित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालको लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए । उनले देशको उत्पादन बृद्धि तथा गरिबी न्यूनिकरणको लागि सहुलियतपूर्ण कर्जालाई नमुनाको रुपमा लैजान सके देशलाई छिट्टै समृद्धिसँग जोड्न सकिने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शिर्षकमा १६६० जनालाई एक अर्ब २८ करोड रुपैंया भन्दा बढी विना धितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको बताए ।

उक्त्त कार्यक्रममा सांसद ठगेन्द्र पुरी, कर्णाली प्रदेश सरकारका सल्लाहकार डा. सुरेन्द्र उप्रेती, जिल्ला समन्वय समिति रुकुम (पश्चिम)का संयोजक राजकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, कम्पनी सचिव भोलानाथ पौडेल लगायतको उपस्थिति थियो।

यस अघि पनि बिभिन्न पालिकाहरूमा बैंक तथा वित्तियसंस्थाहरूले  पालिकाहरूसंग समन्वय गरेर सहुलियतपूर्णा कर्जा उपलब्ध गराएर राेजगारीकाे अवसर सृजना गराउन तदारूकता देखाएका छन् ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १५:०५ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...