back
CTIZAN AD

३६ जिल्लाका घले अगुवा बारपाकमा भेला भए 

वि.सं.२०७३ माघ १ शनिवार

891 

shares

१ माघ,गोरखा  । नेपालका विभिन्न ३६ जिल्लाका घले अगुवा गोरखाको बारपाकमा भेला भएर आज ल्होसार मनाएका छन् ।

लिलफङ घले समाज केन्द्रीय समितिको आयोजनामा बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गर्दै बारपाकमा ल्होसार मनाइएको हो ।

ल्होसार मनाउन गोरखा, धादिङ, लमजुङ, कास्की, भोजपुर, इलामलगायत ३६ जिल्लाका घले अगुवा शुक्रबार नै बारपाक पुगेका थिए ।

लिलफङ घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घलेको अध्यक्षतामा हिमालय मावि बारपाकमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका लागि हरेक जिल्लाबाट कम्तीमा ५० जना सहभागी बारपाक पुगेको आयोजकले जनाएको छ । घले पहिचान तथा संस्कार, संस्कृति झल्कने झाँकीसहितको ¥याली हिमालय मावि पुगेपछि कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम स्थलमा घले पहिचान झल्कने वेषभूषा तथा सामग्रीहरु प्रदर्शनमा राखिएका छन् ।

संविधान कार्यान्वयमा जुटौँ : नारायणकाजी

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षतासहित प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै दल मिलेर संविधान कार्यान्वयनमा जुट्नुपर्ने बताउनुभएको छ ।

मधेसीलगायत दललाई पनि संविधान स्वीकार्य बनाउन संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै उहाँले संसद्बाटै संविधान संशोधन गरेपछि स्थानीय तहको निर्वाचनको मिति तोकिने र आउँदो वैशाखभित्रमा स्थानीय तहको चुनाव गराइसक्ने गरी सरकार तथा पार्टीले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

“अबको एक सातामा स्थानीय तहको चुनाव गर्ने मिति घोषणा हुन्छ”– बारपाकमा आज आयोजित ल्होसार मनाउने कार्यक्रममा नेता श्रेष्ठले भन्नुभयो, “आउँदो मङ्सिरभित्रमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरी देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।”

कमिसन, भ्रष्टाचार र नातावादले राजनीतिलाई फोहर बनाएको भन्दै उहाँले राजनीति शुद्ध बनाउन जनता लाग्नुपर्नेमा जोड दिनुभयो । भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ भएको उहाँको ठहर छ । रासस

वि.सं.२०७३ माघ १ शनिवार १४:२१ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...