Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

‘हतारमा’ आर्यन र बर्षा, हेर्नुहोस् भिडियोमा



२४ मंसिर, काठमाडौं । पछिल्लो समयका चर्चित गायक समीर आचार्यको ‘हतारमा’बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीतसमेत गायक समीरकै रहेको यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा राउतलाई एकसाथ देख्न सकिन्छ ।

गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् भने गीतमा नृत्य निर्देशन राजीव समरको रहेको छ । गीतको भिडियो अर्जुन तिवारीले खिचेका छन् । भिडियोमा बाबा एजुकेशन र आरकेएस अष्ट्रेलीयाको लगानी रहेको छ ।

गीतको भिडियोमा सबैले एकदमै मिहेनत गरेको भन्दै गीतलाई आम दर्शकले रुचाउनेमा ढुक्क रहेको गायक समीर बताउँछन् । उनका दुइवटा एल्वम र झण्डै २ दर्जन गीत बजारमा आईसकेका छन् ।

‘दुनीया बेग्लै छ’, ‘तम्लाई चट्ट सलाम छ’, ‘घिनघिन बज्यो मादलु’, ‘पीच रोड’, ‘घाममा सुकाइदेउ’, ‘लव लेटर’, ‘ठुम्का’ लगायतका गीतहरु गायक आचार्यका अत्याधिक रुचाइएका गीतहरु हुन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय