२४ मंसिर, टिकापुर । मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिका लागि समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीद्वारा सहयोग गरिएको विभिन्न बिधाका चारसय थान पुस्तकहरु टिकापुर सामुदायिक पुस्तकालयलाई हस्तान्तरण गरिएको छ ।
सोमबार पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्काको सभापतित्व, सुदुर पश्चिम बिश्वबिद्यालयका प्रा. डा. जगतबहादुर सिह रावलको प्रमुख आतिथ्यतामा आयोजित पुस्तक हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ कैलालीका सभापति भुवनेश्वर अधिकारी, नेकपा टीकापुर नगर कमिटी सचिवालय सदस्य रंङ्ग अधिकारी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव टेकबहादुर सार्की, शिक्षाविद् नरराज गिरी, पुस्तकालयका सल्लाहकार भक्तिराम कोईरालालगायतले मन्तव्य राखेका थिए ।

समारोहमा समाजका केन्द्रीय सचिव टेकबहादुर सार्कीले समाजको तर्फबाट पुस्तकालयलाई पुस्तकहरू हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा वक्ताहरुले पुस्तक उपलब्ध गराउन संयोजन गर्ने टिकापुरका समाजसेवी हिक्मत थापा तथा पुस्तक सहयोग प्रदान गर्ने संस्था मानव अधिकार तथा शान्ति समाज र समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीको प्रंशशा गरेका थिए ।
पुस्तकालयका उपाध्यक्ष ताराप्रसाद जोशीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन सदस्य देबेन्द्र शाहले गरेका थिए ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १५:०६ मा प्रकाशित






























