Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आजको राशिफल भन्छ-आज यी राशिकाले अपनाउनुपर्नेछ विशेष सावधानी



मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । साँझतिर परिस्थिति अनुकूल बन्नाले फाइदा हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् । कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले अवसर पनि दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ । तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सुरुमा हडबडी गर्दा काम दोहोर्याउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला। अध्ययनमा त्यति समय दिन नसकिएला । अरूका काममा चासो लिँदा समस्या निम्तिन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थिति अनुकूल देखिए पनि अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ । सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ । अलमल बढ्नाले काममा पछि परिएला । तत्काल फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । सोख, खानपान र साजसज्जामा खर्च बढ्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सच्याउने मौका छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
सरसापट तथा सहयोगमा केही नगद बाहिरिएला । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन् । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि मनग्य फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । कामको मेसो नमिल्दा केही पछि परिएला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आफ्नो कामबाट अरूले फाइदा उठाउन सक्छन्। गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ । उपलब्धिका लागि नियमित काम समेत दोहोर्याउनुपर्ला ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ । सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट फाइदा भइरहनेछ । व्यापारमा भने सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला ।

२०७७ मंसिर २५ गते, बिहीवार, (१० डिसेम्बर २०२०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस् कस्तो छ त तपाईको आज (बुधबार) को राशिफल ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्