
२५ मंसिर, काठमाडौँ । वामपन्थि नेता तथा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको गएराती निधन भएको छ ।
मृगौलासम्बन्धि बिरामी रहि लामो समयदेखि उपचार गर्दै आएका लामालाई केही समययता कोरोना पोजेटिभ देखिएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत लामा एकहप्ता यता सिकिस्त थिए ।
काभ्रे जिल्लाबाट संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा सांसद निर्वाचित लामा दक्षिण कोरियाका लागि राजदूत समेत भएका थिए ।